देउवा पछि हटेपछि कंग्रेसमा सहमतिको वातावरण बन्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २३, २०७६
|
|
१९ पटक हेरिएको
Shares
देउवा पछि हटेपछि कंग्रेसमा सहमतिको वातावरण बन्दै

सारांश

  • नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवा महाधवेशनको मिति तोक्ने र नयाँ विभाग थप्न निर्णयबाट पछि हट्ने भएका छन् ।
  • देउवा सहमतिका लागि लचिलो हुन तयार भएका हुन् ।
  • आफू निकटस्थ नेताहरुसँग परामर्शपछि देउवा लचिलो भएका हुन् ।

नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवा महाधवेशनको मिति तोक्ने र नयाँ विभाग थप्न निर्णयबाट पछि हट्ने भएका छन् । देउवा सहमतिका लागि लचिलो हुन तयार भएका हुन् ।

आफू निकटस्थ नेताहरुसँग परामर्शपछि देउवा लचिलो भएका हुन् । देउवानिकट सहमहामन्त्री डा. प्रकाशशरण महतले महाधिवेशनको मिति बाहेक अन्य कार्यतालिका हेरफेर गर्न तयार रहेको जानकारी दिए । पार्टीमा सबैलाई मिलाएर लान सभापति देउवा लचिलो बन्न तयार रहेको उनको भनाई थियो ।

यसअघि पौडेल पक्षधर नेताहरुको बहिष्कारका बाबजुद देउवाले महाधिवेशनको मिति कार्यतालिकासहित घोषणा गरेका थिए । देउवाले केन्द्रीय समिति बैठकमा नयाँ विभाग गठनको प्रस्ताव समेत राखेका थिए । त्यसपछि पौडेल पक्षधर नेताहरुले बैठक बहिष्कार गरेका थिए ।

काँग्रेसभित्रको विवादका कारण देशभरका कार्यकर्ताले नेतृत्वमाथि दबाब सृजना गरेका थिए । देउवाले चौतर्फी चुनौती थपिएको आँकलन गरेर लचिलो भई पौडेल पक्षलाई सहमतिमा ल्याउन खोजेको बुझिएको छ ।

काँग्रेसभित्र आगामी वर्ष महाधिवेशन गर्नैपर्ने कारण देउवा र पौडेल पक्षबीच टकराव बढ्दै गएको छ । देउवालाई पुनः सभापति निर्वा्चित हुने चुनौती बढेको छ । उनी विरोधी समूह एक कडा रुपमा प्रस्तुत हुँदै गएका छन् ।(

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?