संखुवासभामा ३ बजेसम्म ६० प्रतिशत मतदान

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
४३ पटक हेरिएको
Shares
संखुवासभामा ३ बजेसम्म ६० प्रतिशत मतदान

सारांश

  • लमजुङ, मंसिर १० – प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव लमजुङमा शान्तिपूर्ण रुपमा अघि बढेको छ ।
  • मतदाताहरु उत्साहित छन् ।
  • बिहानैदेखि मतदान केन्द्र पुगेर उनीहरुले मतदान गरिरहेका छन् ।

लमजुङ, मंसिर १० – प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव लमजुङमा शान्तिपूर्ण रुपमा अघि बढेको छ । मतदाताहरु उत्साहित छन् । बिहानैदेखि मतदान केन्द्र पुगेर उनीहरुले मतदान गरिरहेका छन् । मतदान गर्नका लागि अझै उलेख्य संख्यामा नागरिकहरु मतदान केन्द्रसम्म आएका छन् । मतदान गर्न आफ्नो पालो कुर्दै व्यग्र प्रतिक्षामा बसेका छन्, यहाँका मतदाताहरु ।

स्थानीय तहमा पनि निकै उत्साहका साथ मतदान गरेका लमजुङे नागरिकले त्यो भन्दा बढी उत्साहका साथ यसपालीको चुनावमा भाग लिएका छन् । चुनावका बेला मत माग्न नागरिककोमा ज्युज्यु गर्न आउने, चुनावको परिणाम आफ्नो पोल्टामा परेपछि नागरिकलाई बिर्सन्ने प्रवृत्तिदेखि ‘वाक्क’ भएका नागरिक अब दल तथा दलका उम्मदेवारले त्यो हर्कत नदोहो¥याउन् भन्ने अपेक्षा राखेका छन् ।

देशमा विकास र समृद्धि ल्याउन, शान्ति अमनचयन कायम गर्न, रोजगारीका सिर्जना गर्ने बाटोमा अब दल तथा जनप्रतिनिधिहरु लाग्नुपर्नेमा यहाँका नागरिकले जोड दिएका छन् । समाजमा तुलनात्मक रुपमा पछि परेका महिलाको हकहित सुनिश्चितताको लागि पनि जनप्रतिनिधिले काम गर्नुपर्ने लमजुङका महिलाहरुले बताएका छन् । दलका घोषणापत्रमा पनि महिलाका हकहितका विषयले स्थान पाएका छन् ।

महिलाको पक्षमा लेखिएका, बोलिएका कुरा अब व्यवहारमा लागु गर्नुपर्ने जरुरत रहेको भोटेओडारकी सिर्जना बराल अधिकारीले बताउनुभयो । सामाजिक कार्यमा महिलाहरुलाई नेतृत्वदायी भूमिका दिनुपर्ने र महिलाहरुले पनि आफुले पाएको भुमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

महिलाहरुले अधिकार पाएको तर महिलामहिला बिचमै खुट्टा तान्ने प्रवृत्ति रहेको स्थानीय विष्णु श्रेष्ठले बताउनुभयो । ‘महिलाको हकअधिकार सुनिश्चित हुने गरी जनप्रतिनिधिले काम गर्नु आवश्यक छ,’ उहाँले फेरि भन्नुभयो ।

‘अपांग महिलाहरुको अवस्था दर्दनाक छ, त्यसैले अपांग महिला, एकल महिला, अविवाहित एकल महिलाहरुको हितमा गम्भिर भएर अब चुनाव जितेर जानेले काम गर्नुपर्छ,’ भोटेओडारस्थित भक्ति नमूना माविमा भोट खसाल्नुभएकी मिरा खनालले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालश्रम गराएको आरोपमा दुई रेस्टुरेन्ट कारबाहीमा, तीन बालकको उद्धार
बालश्रम गराएको आरोपमा दुई रेस्टुरेन्ट कारबाहीमा, तीन बालकको उद्धार
मेरो ‘लभर’लाई कसैले पीडा दिए सहन सक्दिनः प्रचण्ड
मेरो ‘लभर’लाई कसैले पीडा दिए सहन सक्दिनः प्रचण्ड
नयाँ बसपार्कमा सबै बस समितिका काउन्टर बन्द गर्ने निर्णय, अब कम्पनीका मात्रै
नयाँ बसपार्कमा सबै बस समितिका काउन्टर बन्द गर्ने निर्णय, अब कम्पनीका मात्रै
संसदीय समितिमा पनि सरकारलाई कांग्रेसकाे अवराेध !
संसदीय समितिमा पनि सरकारलाई कांग्रेसकाे अवराेध !
बुद्ध एयरकाे २१ सफल वर्ष !
बुद्ध एयरकाे २१ सफल वर्ष !
सुन तस्करी गोरेलाई रिहा गर्न नेपाल सरकारका मन्त्रीको सार्वजनिक रुपमा आह्वान भएपछि…
दाईजोमा मोटरसाइकल नदिएको भन्दै श्रीमतिको हत्या गरेपछि !
नेपाली श्रमको नयाँ गन्तव्य स्पेनः श्रममन्त्री यादव
नेपाली श्रमको नयाँ गन्तव्य स्पेनः श्रममन्त्री यादव
पौडेलले काँग्रेस सभापतिको दाबी नछाड्ने, देउवाविरुद्ध आक्रामक रणनीति बनाउँदै
पौडेलले काँग्रेस सभापतिको दाबी नछाड्ने, देउवाविरुद्ध आक्रामक रणनीति बनाउँदै
विश्व उपभोक्ता महासंघको अध्यक्षमा आजाद
विश्व उपभोक्ता महासंघको अध्यक्षमा आजाद

तपाईंले छुटाउनुभयो कि?