एआर रहमानद्वारा आत्महत्या गर्न खोजेको खुलासा

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १९, २०७५
|
|
१३ पटक हेरिएको
Shares
एआर रहमानद्वारा आत्महत्या गर्न खोजेको खुलासा

सारांश

  • मुम्बई ।
  • ओस्कार अवार्ड विजेता प्रख्यात संगीतकार ए आर रहमानले आफूले कुनैबेला आत्महत्या गर्न खोजेको बताए ।
  • एउटा अन्तर्वार्तामा रहमानले २५ वर्षको उमेरसम्म आफू निकै निराशावादी भएको बताएका हुन ।

मुम्बई । ओस्कार अवार्ड विजेता प्रख्यात संगीतकार ए आर रहमानले आफूले कुनैबेला आत्महत्या गर्न खोजेको बताए । एउटा अन्तर्वार्तामा रहमानले २५ वर्षको उमेरसम्म आफू निकै निराशावादी भएको बताएका हुन । बुवाको मृत्युपछि निकै घटनाहरु घटिरहने र सधैंजसो मर्न चाहेको उनले बताए । तर यही आत्महत्या गर्ने विचारले नै आफूलाई झन निडर बनाएको उनले बनाए । मैले मृत्यु साश्वत सत्य हो र शरीरले मर्नु नै छ भने कुनै कुरासँग किन डराउने भन्ने सोचेर संघर्ष गर्न शुरु गरेको उनले खुलासा गरे ।

“बुवाको मृत्युपछि मानिसहरुले मलाई अब कसरी गुजारा चलाउँछस् भन्थे” उनले भने, “जताबाट पनि निराशा देखेपछि मभित्र आत्महत्या गर्ने सोच आउँथ्यो ।” बलिउड संगीतको परम्परागत धारलाई ब्रेक गरेको क्रेडिट पाएका रहमानको जीवनमा यही संघर्षले परिवर्तन पनि ल्यायो । उनले आफ्नै घरको पछाडि पन्चथन रेकर्ड स्थापना गरे । बुवाको मृत्युपछि उनलाई केही सामान्य काम नपाइएको होइन । उनले ३५ वटा फिल्ममा काम पाएपछि २ वटामा मात्रै काम गरे । यसरी काम छोडेको देखेपछि मानिसहरुले उनलाई कसरी बाँच्छस भन्न थालेका थिए । सबै कुरा हुँदाहुँदै पनि किन लय पक्रिन सक्दैनस भनेर मानिसहरुले भन्ने गरेको उनले बताए ।

रहमानका बुवा आर के शेखको मुत्यु हुँदा उनी ९ वर्षका थिए । यसपछि निकै कम उमेरमा नै उनले संगीत सिके । मणिरत्नमको रोजाबाट भने उनले नयाँपन दिए बलिउड संगीतमा । यही बीचमा उनले दिलिप कुमारबाट एआर रहमान नाम परिवर्तन गरे । धर्म परिवर्तन गरे ।एआर रहमानको बायोग्राफी– नोटस अफ ए ड्रीमः द अथोराइज्ड बायोग्राफी शनिबार सार्वजनिक भएको छ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?