विवेकशील साझाले बझाङ र बैतडीमा उम्मेदवारी घोषणा गर्‍यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १२, २०७४
|
|
२२ पटक हेरिएको
Shares
विवेकशील साझाले बझाङ र बैतडीमा उम्मेदवारी घोषणा गर्‍यो

सारांश

  • काठमाडौं, कात्तिक १२ – विवेकशील साझा पार्टीले ७ नम्बर प्रदेश अन्र्ततग बझाङ र बैतडीमा उम्मेदवारी घोषणा गरेको छ ।
  • यस पटकको चुनावमा राष्ट्रिय पार्टी बन्ने र अर्को पटक देशको नेतृत्व गर्ने लक्ष्य सहित उम्मेदवारी घोषणा गरेको पार्टीले जनाएको छ ।
  • यस्ता छन् उम्मेदवारहरु प्रतिनिधिसभातर्फ मिनबहादुर सिंह, बझाङ जयपृथ्वी नगरपालिका–५ का सिंह पेशाले सञ्चारकर्मी हुनुहुन्छ।

काठमाडौं, कात्तिक १२ – विवेकशील साझा पार्टीले ७ नम्बर प्रदेश अन्र्ततग बझाङ र बैतडीमा उम्मेदवारी घोषणा गरेको छ । यस पटकको चुनावमा राष्ट्रिय पार्टी बन्ने र अर्को पटक देशको नेतृत्व गर्ने लक्ष्य सहित उम्मेदवारी घोषणा गरेको पार्टीले जनाएको छ ।

यस्ता छन् उम्मेदवारहरु

प्रतिनिधिसभातर्फ मिनबहादुर सिंह, बझाङ

जयपृथ्वी नगरपालिका–५ का सिंह पेशाले सञ्चारकर्मी हुनुहुन्छ। विगत १३ वर्षदेखि उहाँ साईपाल एफएममा प्रमुख सञ्चालकका रुपमा कार्यरत हुनुहुन्छ ।

प्रदेशसभातर्फ मोहनबहादुर सिंह, बझाङ क्षेत्र नं १ क

समाजशास्त्रमा स्नातकोत्तर गरेका लुयाटा(५ बझाङका सिंह पेशाले हार्डवेयर व्यवसायी हुनुहुन्छ ।         उहाँले ४ वर्ष “ग्रामिण विकासका लागि साझा हत्केला” नामक गैर सरकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत भई काम गर्नुभएको छ । सिंह वकिल पनि हुनुहुन्छ ।

प्रदेशसभातर्फ रविन्द्र बहादुर बम्म, बझाङ क्षेत्र नं १ ख

बम विवेकशील साझा पार्टी बझाङ जिल्ला संयोजक हुनुहुन्छ । पेशाले कृषक उहाँ अनेरास्ववियुको जिल्ला अध्यक्ष र किसान महासंघको पूर्व केन्द्रीय जिल्ला अध्यक्ष समेत हुनुहुन्थ्यो ।

प्रतिनिधिसभातर्फ नारायण अवस्थी, बैतडी

१४ वर्षदेखि शिक्षण पेशामा आवद्ध ३३ वर्षीय अवस्थीले अंग्रेजीमा स्नातकमा गर्नुभएको छ ।  तत्कालिन साझा पार्टीमा उहाँकै नेतृत्वमा कैलालीमा साझा टोल इकाई समूह गठन भएको थियो। राजनीतिमा युवाहरुको हस्तक्षेप नभएकोले नै परिवर्तन सम्भव नभएको उहाँको विश्वास छ । २०७० सालसम्म नेपाली कांग्रेसमा सक्रिय उहाँ ०७० सालको चुनावपछि वितृष्णा लागेर कांग्रेस छोड्नुभएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?