जबरजस्ती करणी गरेर अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गर्ने युवक पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ४, २०७७
|
|
२० पटक हेरिएको
Shares
जबरजस्ती करणी गरेर अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गर्ने युवक पक्राउ

सारांश

  • सिरहा, ४ मंसिर ।
  • एक युवा बलात्कार गर्ने अर्का युवाले भिडियो खिच्ने मध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • जबरजस्ती बलात्कार गरेको अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

सिरहा, ४ मंसिर । एक युवा बलात्कार गर्ने अर्का युवाले भिडियो खिच्ने मध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती बलात्कार गरेको अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

२२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेर उनकै अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेर हैरानी गरेपछि युवती प्रहरी समक्ष उजुरी दिन पुगेकी छिन् । भिडियो बनाएको र ब्ल्याकमेलिङ गरेको अभियोगमा कल्याणपुरका २० वर्षीय अजय महरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । युवतीलाई बलात्कार गर्ने युवा जितन राम भने हालसम्म फरार छन् ।
ती युवतीलाई सोही नगरपालिका–४ बस्ने २३ वर्षीय जितन रामले जबरजस्ती करणी गरेको भिडियो अजयले खिचेको र सो भिडियो देखाई व्ल्याकमेल गर्दै आएका उनलाई ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरीले अजयलाई पक्राउ गरेको जानकारी दिएको छ ।

अजयले युवतीलाई पटकपटक जबरजस्ती करणी गर्ने योजना बनाएको भन्दै बारम्बार टर्चर दिँदै आएका थिए । हाल फरार रामको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?