काठमाडौँमा एमालेबाट केशव स्थापित र सुनिता डंगोलको उम्मेद्वारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १२, २०७९
|
|
१८ पटक हेरिएको
Shares
काठमाडौँमा एमालेबाट केशव स्थापित र सुनिता डंगोलको उम्मेद्वारी

सारांश

  • एमालेबाट काठमाडौँ महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलको उम्मेदवारी दर्ता भएको छ ।
  • काठमाडौँस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
  • उम्मेदवारी मनोनयन दर्ताको दोस्रो दिन सोमबार स्थापित र डंगोलले उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेबाट काठमाडौँ महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलको उम्मेदवारी दर्ता भएको छ ।

काठमाडौँस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी मनोनयन दर्ताको दोस्रो दिन सोमबार स्थापित र डंगोलले उम्मेदवारी दर्ता गराएका हुन् ।

स्थापित काठमाडौँ महानगरको पूर्व मेयर तथा बागमती प्रदेशका पूर्वमन्त्री र पूर्वसांसद हुन् भने डंगोल पूर्व मिस नेवा हुन् ।

२०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा स्थापित काठमाडौँ महानगरको मेयरमा निर्वाचित भएका थिए । यसपटक पनि एमालेले पूर्व मेयर स्थापितलाई नै काठमाडौँ मेयरमा अघि सारेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?