ओली सरकारले कानुनी राज्यको खिल्ली उडायो : सांसद खतिवडा

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २५, २०७५
|
|
३० पटक हेरिएको
Shares
ओली सरकारले कानुनी राज्यको खिल्ली उडायो : सांसद खतिवडा

सारांश

  • काठमाडौं, २५ पुस ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी राष्ट्रियसभा सदस्य धनकुमारी खतिवडाले सरकारले कानुनी राज्यको खिल्ली उडाएको आरोप लगाएकी छिन् ।
  • उनले वर्तमान सरकार कानुनी राज समाप्त पार्नेतर्फ उन्मुख भएको पनि बताईन् ।

काठमाडौं, २५ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी राष्ट्रियसभा सदस्य धनकुमारी खतिवडाले सरकारले कानुनी राज्यको खिल्ली उडाएको आरोप लगाएकी छिन् । उनले वर्तमान सरकार कानुनी राज समाप्त पार्नेतर्फ उन्मुख भएको पनि बताईन् ।

राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् । उनले वाईडवडी विमान खरिद सम्बन्धमा संसदीय उपसमितिले अध्ययन गरिरहेकै समयमा सरकारले छुटै जाँचबुझ कमिटी गठन गर्नु सरकारको हतास मनस्थिति भएको पनि टिप्पणी गरिन् ।

सांसद खतिवडाले भनिन्,‘यसले सरकार थप निरंकुशतातर्फ जान लागेको त होइन भन्ने प्रश्न उब्जाएको छ । वाईडवडी खरिद प्रकरणमा सरकार जवानी बसिदिने तर त्यही सरकारको नेतृत्व लिएर जाने विभागीय मन्त्रीेले नैतिक जिम्मेवारी लिनुपर्दैन ?’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?