कांग्रेसका मेयर उम्मेदवारको गाडीमाथि तोडफोड

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २४, २०७४
|
|
१५०३ पटक हेरिएको
Shares

सारांश

  • चितवनमा स्थानीय तह निर्वाचनका उम्मेदवारका गाडी निसानामा पर्न थालेका छन् ।
  • भरतपुर महानगरपालिकाको माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालको गाडी तोडफोड भएको घटना सेलाउन नपाउँदै शनिबार राति कांग्रेसका खैभानी नगरपालिकाका मेयर उम्मेदवारको गाडीमाथि तोडफोड भएको छ ।
  • चौधरीको बा८च १५६२ नम्बरको गाडीमा तोडफोड भएको हो ।

चितवनमा स्थानीय तह निर्वाचनका उम्मेदवारका गाडी निसानामा पर्न थालेका छन् । भरतपुर महानगरपालिकाको माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालको गाडी तोडफोड भएको घटना सेलाउन नपाउँदै शनिबार राति कांग्रेसका खैभानी नगरपालिकाका मेयर उम्मेदवारको गाडीमाथि तोडफोड भएको छ ।

चौधरीको बा८च १५६२ नम्बरको गाडीमा तोडफोड भएको हो । चौधरीले निर्वाचन प्रचार सकेर गाडी पार्किङमा राखेका थिए ।

तोडफोड गर्नेको पहिचान भने खुलेको छैन । प्रहरीले गाडी तोडफोड गर्नेको खोजी भइरहेको जनाएको छ ।

केही दिन यतादेखि विप्लव नेतृत्वका कार्यकर्ताले उम्मेदवारलाई धम्क्याउनेदेखि घरमा कालो झण्डा राख्नेसम्मका गतिविधि चितवनमा सञ्चालन गर्दै आइरहेका छन् ।विप्लव समूहले निर्वाचन विरोधी गतिविधिलाई बढावा दिन थालेपछि प्रहरीले यसका नेता तथा कार्यकर्तामाथि निगरानी बढाएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?