एउटै रोगका कम्पनीपिच्छे औषधिको अनुसन्धान हुनुपर्छ : स्वास्थ्यमन्त्री यादव

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३, २०७५
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ ।
  • उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालमा उपलब्ध औषधिको गुणस्तरको अनुसन्धान हुनुपर्ने बताएका छन् ।
  • नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बारे जानकारी लिँदै एउटै रोगका कम्पनी पिच्छे फरकफरक गुणस्तर भएका धेरै थरी औषधिले जनताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारिरहेको हुँदा औषधिको गुणस्तरवारे अनुसन्धान हुनुपर्नेमा जोड दिए ।

काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालमा उपलब्ध औषधिको गुणस्तरको अनुसन्धान हुनुपर्ने बताएका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बारे जानकारी लिँदै एउटै रोगका कम्पनी पिच्छे फरकफरक गुणस्तर भएका धेरै थरी औषधिले जनताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारिरहेको हुँदा औषधिको गुणस्तरवारे अनुसन्धान हुनुपर्नेमा जोड दिए । उपप्रधानमन्त्री यादवले खाद्यपदार्थको गुाण्स्तर, त्यसले पारिरहेको असरबारे पनि अनुसन्धान गर्न निर्देशन दिए ।

“हालसम्म औषधिको गुणस्तरबारे प्रभावकारी अनुसन्धान भएको छैन, बाहिरबाट पनि गुणस्तर कम भएका औषधि आउँछन्, त्यसविषयमा परिषद्ले प्रभावकारी अनुसन्धान गर्नुपर्छ” मन्त्री यादवले भने ।

सातै प्रदेशमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को एकाइ स्थापना गरी अनुसन्धानको दायरालाई फराकिलो र प्रभावकारी बनाउन पनि परिषद्लाई निर्देशन दिदैं मन्त्री यादवले यसका लागि मन्त्रालयले सहयोग गर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?