बागमती नगरपालिकाका मेयर र उपमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २९, २०८१
|
|
४९ पटक हेरिएको
Shares
बागमती नगरपालिकाका मेयर र उपमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सारांश

  • काठमाडौं ।
  • बागमती नगरपालिकाका नगर प्रमुख (हाल निलम्बित) भरतकुमार थापा र उपमेयर लीलाकुमारी मोक्तानसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
  • ३० करोडभन्दा धेरै अनियमितता गरेको अभियोगसहित उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

काठमाडौं । बागमती नगरपालिकाका नगर प्रमुख (हाल निलम्बित) भरतकुमार थापा र उपमेयर लीलाकुमारी मोक्तानसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

३० करोडभन्दा धेरै अनियमितता गरेको अभियोगसहित उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूलाई ३० करोड २९ लाख ३४ हजार ८ सय ९७ रुपैयाँको बिगो राखी कैद तथा जरिवानाको सजाय माग गरिएको छ ।

बागमती माछा पोखरी निर्माण गर्दा उत्खनन भएको ढुंगा गिटी बालुवा लगायतको बिक्री वितरणमा नगरपालिकाकै मिलेमतोमा अनियमितता देखिएको अख्तियारको भनाइ छ ।

मुद्दा दायर गरिएकामा प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल, लेखा अधिकृत विश्वराज पोख्रेल र जिल्ला समन्वय समिति, सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरी पनि छन् ।

सर्लाहीस्थित बागमती नगरपालिका वडा न. ४ र १२ मा अवस्थित बागमती माछा पोखरी प्रथम (भरत ताल) निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, वालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको पाइएको अख्तियारले विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?