क्यालिफोर्नियामा अर्को विमान दुर्घटना! उडान भर्ने क्रममा यात्रुवाहक विमानमा आगो लाग्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ६, २०७६
|
|
२२ पटक हेरिएको
Shares
क्यालिफोर्नियामा अर्को विमान दुर्घटना! उडान भर्ने क्रममा यात्रुवाहक विमानमा आगो लाग्यो

सारांश

  • क्यालिफोर्निया (सिएनएन) अमेरिकाको क्यालिफोर्नियामा उडान भर्ने क्रममा जेट विमान दुर्घटना भएको छ ।
  • ओरोभिल्ले म्युनिसिपन एयरपोर्टबाट उडान भर्ने क्रममा विमानमा आगो लागेको संघीय उड्डयन प्रशासनले जनाएको छ ।
  • विमानमा रहेका चालकदलका सदस्यसहित सबै १० जना विमानबाट निस्केर सकुशल भाग्न सफल भएका छन् ।

क्यालिफोर्निया (सिएनएन) अमेरिकाको क्यालिफोर्नियामा उडान भर्ने क्रममा जेट विमान दुर्घटना भएको छ । ओरोभिल्ले म्युनिसिपन एयरपोर्टबाट उडान भर्ने क्रममा विमानमा आगो लागेको संघीय उड्डयन प्रशासनले जनाएको छ । विमानमा रहेका चालकदलका सदस्यसहित सबै १० जना विमानबाट निस्केर सकुशल भाग्न सफल भएका छन् ।

कागजसम्बन्धी उत्पादन गर्ने कम्पनी ग्राफिक प्याकेजिङ इन्टरनेशनलले विमानमा रहेका १० जनामध्ये ८ जना आफ्ना कर्मचारी भएको पुष्टि गरेको छ । विमान दुई इन्जिनवाला सेस्ना सिटेसन भएको बताइएको छ । विमान उडान भर्ने क्रममा रनवेबाट चिप्लिएपछि यसमा आगो लागेको थियो । विमान ओरेगनमा पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा जान लागेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?