सरकारी चिकित्सक फेरि आन्दोलित

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ५, २०७५
|
|
२३ पटक हेरिएको
Shares
सरकारी चिकित्सक फेरि आन्दोलित

सारांश

  • काठमाडौं।
  • सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरुद्ध आन्दोलनरत सरकारी चिकित्सकले आइतबार सामुहिक राजीनामा दिनेलगायतका सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्।
  • सरकारी चिकित्सक संघ, नेपाल (गोदान)ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो विधेयक सच्याउन सरकारलाई बाध्य पार्न सामुहिक राजीनामा दिने लगायतका एक हप्ते सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।
काठमाडौं। सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरुद्ध आन्दोलनरत सरकारी चिकित्सकले आइतबार सामुहिक राजीनामा दिनेलगायतका सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्। सरकारी चिकित्सक संघ, नेपाल (गोदान)ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो विधेयक सच्याउन सरकारलाई बाध्य पार्न सामुहिक राजीनामा दिने लगायतका एक हप्ते सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेको हो। 
घोषित कार्यक्रममा सो विधेयक सच्याउन राष्ट्रपति विद्या भण्डारी र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग एक पटक आग्रह गर्ने र त्यसो नभए आकस्मिक बाहेकका सबै सेवा बहिष्कार गरी देशभर अवज्ञा आन्दोलन सुरु गर्ने निर्णय गरिएको संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले जानकारी दिए। 
प्रतिनिधिसभाबाट सो विधेयक आफूहरुको मागलाई सम्बोधन नगरी पारित भएको भन्दै भोलि (सोमबार) देशभरका चिकित्सकहरुले सो विधेयक सच्याउन सरकारलाई दबाव दिँदै स्वेच्छिक सामुहिक राजीनामाका लागि हस्ताक्षर अभियान संचालन गर्नेछन्। 
मंगलबार माईतीघर मण्डलामा आपूmहरुको आन्दोलनका लागि साथ सहयोग गर्न सर्वसाधारणलाई अपिल गर्दै रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको पनि अध्यक्ष पाण्डेले बताए। बुधबार सामूहिक विदामा बस्ने, बिहीबार राजीनामा संकलन भएपश्चात सरकारलाई बुझाउन काठमाडौं भेला हुने तथा त्यसो गर्दा पनि आफूहरुको माग सरकारले सम्बोधन नगरे सबै अस्पतालको सेवा बहिष्कार गरी अवज्ञा आन्दोलन सुरु गर्ने सरकारी चिकित्सकहरुले सरकारलाई चेतावनी दिएका छन्। 
आफूहरुको वृत्ति विकास रोकिने गरी सरकारले सो विधेयक ल्याएको भन्दै त्यसको विरोधमा सरकारी चिकित्सकहरुले दोस्रो चरणको सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन्। अध्यक्ष पाण्डेले आफूहरुको आन्दोलनको सो कार्यक्रममा साथ र सहयोग गर्न पनि सबैलाई अपिल गरे। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डोटीमा ७४ वर्षीया बृद्धा बलात्कृत !
ओली प्रचण्ड भेटवार्ता, दुवैको आ-आफ्नै अडान
एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा आजदेखि:पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी
एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा आजदेखि:पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी
माओवादीले गरेको कारवाहीविरुद्ध देवकोटाले दिए सर्बोच्चमा रिट
माओवादीले गरेको कारवाहीविरुद्ध देवकोटाले दिए सर्बोच्चमा रिट
सरकारलाई सभामुखको रुलिङ, किसानलाई मल उपलब्ध गराऊ
सरकारलाई सभामुखको रुलिङ, किसानलाई मल उपलब्ध गराऊ
काँग्रेस महासमिति बैठकस्थल केही बेर तनावग्रस्त
काँग्रेस महासमिति बैठकस्थल केही बेर तनावग्रस्त
मनकामना मन्दिरबाट तीन लाखका सामग्री चोरी
मनकामना मन्दिरबाट तीन लाखका सामग्री चोरी
लडडु खाएर प्रचण्डसँग मिलेका बादलले ‘स्वाद’ लिदै बैद्य र विप्लबलाई यसरी सिध्याउदैछन् !
लडडु खाएर प्रचण्डसँग मिलेका बादलले ‘स्वाद’ लिदै बैद्य र विप्लबलाई यसरी सिध्याउदैछन् !
मनाङ सडक तीन साता बन्द हुने
मनाङ सडक तीन साता बन्द हुने
भारतले लगायो गहुँ निर्यातमा प्रतिवन्ध, नेपालसहित दक्षिण एशियाली मुलुकहरु प्रभावित हुने
भारतले लगायो गहुँ निर्यातमा प्रतिवन्ध, नेपालसहित दक्षिण एशियाली मुलुकहरु प्रभावित हुने

तपाईंले छुटाउनुभयो कि?