एकपटक फेरि राजनीतिक अस्थिरताविरुद्ध एकजुट हुन नेता पौडेलको आग्रह

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २०, २०७४
|
|
३० पटक हेरिएको
Shares
एकपटक फेरि राजनीतिक अस्थिरताविरुद्ध एकजुट हुन नेता पौडेलको आग्रह

सारांश

  • काठमाडौँ, २० असोज ९ ः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली जनता एकपटक फेरि राजनीतिक अस्थिरताविरुद्ध एकजुट हुनुपर्ने बताउनुभएको छ ।
  • नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, २०७४ लाई लक्ष्य गरी आयोजना गरेको घोषणापत्र तयारी सुझाव संकलन कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले काँग्रेस निरंकुश राणा शासन, पञ्चायती व्यवस्था, दक्षिणपन्थी र दरबारिया शक्तिसँग लड्दै आएको नेपालको ऐतिहासिक पार्टी भएको र यसको इतिहासलाई कसैले मेटाउन नसक्ने दाबी गर्नुभयो ।
  • कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी हुन नसक्ने बताउँदै नेता पौडेलले कम्युनिस्ट अधिनायकवादविरुद्ध लोकतन्त्रवादी संगठित हुनु आजको आवश्यकता भएको विचार व्यक्त गर्नुभयो ।

काठमाडौँ, २० असोज ९ ः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली जनता एकपटक फेरि राजनीतिक अस्थिरताविरुद्ध एकजुट हुनुपर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, २०७४ लाई लक्ष्य गरी आयोजना गरेको घोषणापत्र तयारी सुझाव संकलन कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले काँग्रेस निरंकुश राणा शासन, पञ्चायती व्यवस्था, दक्षिणपन्थी र दरबारिया शक्तिसँग लड्दै आएको नेपालको ऐतिहासिक पार्टी भएको र यसको इतिहासलाई कसैले मेटाउन नसक्ने दाबी गर्नुभयो ।

कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी हुन नसक्ने बताउँदै नेता पौडेलले कम्युनिस्ट अधिनायकवादविरुद्ध लोकतन्त्रवादी संगठित हुनु आजको आवश्यकता भएको विचार व्यक्त गर्नुभयो । काँग्रेसको घोषणपत्रमा सुशासन, निमुखालाई न्याय र विपन्नलाई आय, कृषि, पर्यटन, ऊर्जा, जलस्रोत, सहकारी, शिक्षा, स्वास्थ्यसम्बन्धी विषय समेट्न उहाँले सुझाव दिनुभयो ।

काँग्रेस नेता महेश आचार्यको संयोजकत्वमा तयार हुने नेपाली काँग्रेस घोषणपत्र, २०७४ मा समेट्नुपर्ने विषयमा काँगे्रस निकट विभिन्न पेशागत संघले रचनात्मक सुझाव दिएका थिए ।

सुझाव दिनेमा नेपाल महिला संघका अध्यक्ष उमा रेग्मी, प्रजातान्त्रिक चिकित्सक संघका अध्यक्ष केके राई, नेपाल टे«ेड युनियनका उपाध्यक्ष गणेश निरौला, नेपाल शिक्षक संघका अध्यक्ष केशव निरौलालगायत हुनुहुन्थ्यो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Baburam Adhikari

    आफू कमजोर हुदा अस्थिरता देख्ने दृष्टिदोष ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?