नेपाली भूमि मिच्दै भारतले बनायो दुई किलोमिटर लामो पदमार्ग
सारांश
- दार्चुला ।
- भारतको लोक निर्माण विभागले लिपुलेकदेखि उत्तरतिर दुई किलोमिटरसम्म पर्यटकीय पदमार्ग निर्माण गरेको छ ।
- नेपालले दाबी गर्दै आएको भूमि लिपुलेक क्षेत्रमा भारतीय पक्षले पदमार्ग बनाएको हो ।
दार्चुला । भारतको लोक निर्माण विभागले लिपुलेकदेखि उत्तरतिर दुई किलोमिटरसम्म पर्यटकीय पदमार्ग निर्माण गरेको छ । नेपालले दाबी गर्दै आएको भूमि लिपुलेक क्षेत्रमा भारतीय पक्षले पदमार्ग बनाएको हो । लिपुलेक क्षेत्रमा दुई किलोमिटरसम्म पदमार्ग बनाएपछि कैलाश पर्वतको दर्शन गर्न सजिलो भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
हिन्दु धर्मावलम्बीहरुको आस्थाको धरोहर पबित्र धार्मीक स्थल कैलासमानसरोबर नेपाल भारत र चीनको त्रिदेशीय सीमा नजीक पर्दछ । उक्त क्षेत्रमा नेपाल, भारत र चीन तिनै देशको भूमि प्रयोग गरेर पुग्न सकिन्छ । तर नेपाली बाटो असुरक्षीत हुँदा नेपाली भक्तजनहरु दार्चुला सदरमुकामबाट भारत हुदै कैलासमानसरोबरको दर्शन गर्न जाने गरेका छन् ।
दुई वर्ष लगाएर निर्माण गरिएको उक्त पदमार्ग निर्माण गर्न भारत सरकारले लोक निर्माण विभागबाट १५ लाख रुपैयाँभन्दा बढी खर्च गरेको २८ जुलाइमा प्रकाशित उत्तराखण्डको प्रमुख पत्रिका हिन्दुस्तान दैनिकले जनाएको छ । पत्रिकाका अनुसार उक्त पदमार्गबाट सजिलै कैशाल पर्वतको दृष्यावलोकन गर्न सकिन्छ ।
नेपालले आफ्नो भूमिका रुपमा दावी गर्दै आएको उक्त क्षेत्रबाट आफूहरुले तिब्बतसँग व्यापार गरेको महाकाली नगरपालिका वडा नम्बर १ का ८८ वर्षिय धनसिंह धामीले बताए । भेडाच्याङ्ग्रा र घोडाखच्चरमा सामान लिएर तिब्बतसँग व्यापार गर्ने उक्त बाटोमै भारतीय पक्षले पदमार्ग बनाएको हो । सितापुलबाट उत्तरतिर नेपालीहरुलाई भरियाबाहेक अन्य रुपमा प्रवेश गर्न भारतीय पक्षले रोक लगाएको छ ।
अहिले सितापुल तरेर नेपालको छाङ्रुतिंकर हुँदै ताक्लाकोटसम्म भारतीयहरु निर्वाध आवतजावत गर्ने गरेको पत्रकार महासंघ दार्चुलाका अध्यक्ष संकरसिह धामीले बताए । ‘भातरको यस्तो कार्यले उसले सुरक्षाका दृष्टिकोणले मात्रै नभई पर्यटकीय सम्भावनालाई बिस्तार गर्न पनि लिपुलेक क्षेत्रकम ध्यान दिएको प्रष्ट भएको भन्दै स्थानियहरुले बिरोध गरेका छन ।
राष्ट्रियताको रक्षार्थ बर्षौदेखी पीडामा रहेको लीपुलेकमा राष्ट्रियताका चर्काचर्का नाराहरु लगाउने नेता र राजनीतिक दलहरुको खासै चासो पुग्न सकेको छैन । बिद्यार्थी नेता देखी राजनीतिक दलहरुले आफ्नो चुनाबि नारा बनाउने तर सीमाको रक्षार्थ पहल गर्न नसक्दा नेपाली भुमि नै अतिक्रमणको चपेटामा पर्ने खतरा बढ्दै गएको छ ।
यस क्षेत्रका स्थानियहरु बिना बर्दीको सैनिकका रुपमा राष्ट्रियताको रक्षार्थ तैनाथ भएपनि उनीहरुले सीमामै बसेका कारण बिभिन्न समस्याहरु भोग्नु परिरहेको छ । स्थानीयहरु वर्षौदेखि आफ्नो देशबाट पुग्ने बाटोसम्म नहुदा भारतीय भूमिको बाटो प्रयोग गर्न विवश छन् ।
प्रतिक्रिया