एकलब्यको ‘पूर्वै चल्नेया रेल’ सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ९, २०७६
|
|
२७ पटक हेरिएको
Shares
एकलब्यको ‘पूर्वै चल्नेया रेल’ सार्वजनिक

सारांश

  • काठमाडौं ।
  • १० साउनबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘एकलब्य’ले प्रदर्शनी मिति नजिकिँदै गर्दा एउटा गीत सोमबार रिलिज गरेको छ ।
  • रामचन्द्र काफ्ले र जुनु रिजालको स्वरमा रहेको लोक लयमा आधारित ‘पूर्वै चल्नेया रेल…’ गीतको भिडियो रिलिज गरिएको हो ।

काठमाडौं । १० साउनबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘एकलब्य’ले प्रदर्शनी मिति नजिकिँदै गर्दा एउटा गीत सोमबार रिलिज गरेको छ । रामचन्द्र काफ्ले र जुनु रिजालको स्वरमा रहेको लोक लयमा आधारित ‘पूर्वै चल्नेया रेल…’ गीतको भिडियो रिलिज गरिएको हो ।यो गीतमा चलचित्रका अभिनेता सोनाम थापा मगर र मोडल सन्ध्या भट्टराईको नृत्य रहेको छ ।

गीतम दुईले आकर्षक नृत्य गरेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको नृत्य पनि लोक शैलीकै छ । जसमा एक सय भन्दा बढी कोरस कलाकारलाई गहतराजले नृत्य गराएका छन् । भिडियोलाई ओएसआर डिजिटल युट्युव च्यानलबाट रिलिज गरिएको हो । चलचित्र एकलब्यलाई अनमोल शर्माले निर्देशन गरेका हुन् । दर्जन भन्दा बढी चलचित्रमा मुख्य सहायक निर्देशक भएर काम गरिसकेका शर्माको यो डेब्यु निर्देशन हो । पारिवारिक प्रेम कथामा यो चलचित्र आधारित रहेको निर्देशक शर्माले जानकारी गराए ।

यो चलचित्रमा सोनामसँगै ओसिन भट्टराई, महिमा सिलवाल, पुष्कर राउत, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनसहितको अभिनय रहेको छ । एकलब्यलाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेका हुन् ।

यो चलचित्रमा कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीत÷संगीत, भोजराज देवकोटाको पटकथा सम्बाद, कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन रहेको छ ।

भिडियो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागलुङमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना !
बागलुङमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना !
कमल थापाको राप्रपाका सबै केन्द्रीय पदाधिकारीहरु पदमुक्त
कमल थापाको राप्रपाका सबै केन्द्रीय पदाधिकारीहरु पदमुक्त
रुकुमको पछिल्लो मत परिणाम , माओवादीका जनार्दन शर्माको अवस्था !
रुकुमको पछिल्लो मत परिणाम , माओवादीका जनार्दन शर्माको अवस्था !
कांग्रेसले २ दिनको, नेकपाका सांसदले १ दिनको तलब हावाहुरी पीडितलाई
कांग्रेसले २ दिनको, नेकपाका सांसदले १ दिनको तलब हावाहुरी पीडितलाई
जितपुरको , गुरुकुलबाट दुई बालक बेपत्ता
जितपुरको , गुरुकुलबाट दुई बालक बेपत्ता
कोठाभाडा दिने र लिने समस्याको साथी घरभेटी डटकम
कोठाभाडा दिने र लिने समस्याको साथी घरभेटी डटकम
लालबाबु पण्डित बिराटनगरको मेयरको उम्मेदवार बन्न तयार
लालबाबु पण्डित बिराटनगरको मेयरको उम्मेदवार बन्न तयार
सरकारको दाबीमा सत्यता छैन, संक्रमित छन् परीक्षण पुगेन : डा. दिक्षित
सरकारको दाबीमा सत्यता छैन, संक्रमित छन् परीक्षण पुगेन : डा. दिक्षित
नेकपा एमालेले वाम तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादीले यस्तो निर्णय ,
नेकपा एमालेले वाम तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादीले यस्तो निर्णय ,
रौतहट माओवादीका ७ जना कारबाहीमा, को– को ?
रौतहट माओवादीका ७ जना कारबाहीमा, को– को ?

तपाईंले छुटाउनुभयो कि?