प्रेमीले अर्कैसँग विवाह तयारी गरेपछि हत्या गरेर उनको मासुको भोज कामदारलार्इ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ६, २०७५
|
|
३६ पटक हेरिएको
Shares
प्रेमीले अर्कैसँग विवाह तयारी गरेपछि हत्या गरेर उनको मासुको भोज कामदारलार्इ

सारांश

  • मोरोक्कोकी एकजना महिलाले आफ्ना प्रेमीको हत्या गरी उनको शरिरका भागहरू संयुक्त अरब इमिरेट्समा कार्यरत पाकिस्तानी श्रमिकहरूलाई पकाएर खुवाएको अभियोजनकर्ताहरूले आरोप लगाएका छन् ।
  • अभियोजनकर्ताहरूका अनुसार ती महिलाले आफ्ना प्रेमीको तीन महिनाअघि हत्या गरेकी थिइन् ।
  • त्यसको पत्तो भने हालसालै मात्र उनको ‘ब्लेन्डर’मा मानव दाँत भेटिएपछि मात्र थाहा भएको थियो ।

मोरोक्कोकी एकजना महिलाले आफ्ना प्रेमीको हत्या गरी उनको शरिरका भागहरू संयुक्त अरब इमिरेट्समा कार्यरत पाकिस्तानी श्रमिकहरूलाई पकाएर खुवाएको अभियोजनकर्ताहरूले आरोप लगाएका छन् । अभियोजनकर्ताहरूका अनुसार ती महिलाले आफ्ना प्रेमीको तीन महिनाअघि हत्या गरेकी थिइन् । त्यसको पत्तो भने हालसालै मात्र उनको ‘ब्लेन्डर’मा मानव दाँत भेटिएपछि मात्र थाहा भएको थियो ।

उनले प्रहरीसामु उक्त घटनालाई आफ्नो ‘पागलपन’को रूपमा स्विकार गरेको त्यहाँको सरकारी पत्रिका द न्यास्नलले लेखेको छ । ३० वर्ष आसपासकी ती महिलाले एउटा लामो अनुसन्धान र त्यसपछि अदालतको सामना गर्नुपर्नेछ । मृतक व्यक्तिसँग उनी सात वर्षदेखिको प्रेम सम्बन्धमा थिइन् । द न्यासनलले लेखेको छ, उक्त व्यक्तिले मोरक्कोकै अर्की महिलासँग विवाहको तयारी गरिराखेको जनाएपछि हत्या गरेको बताएकी छन् । प्रहरीले उनको हत्या कसरी भयो भनेर नखुलाए तापनि ती व्यक्तिका अंगहरू भात र मासुको मिश्रित परम्परागत परिकार तयार गरेर आसपासमा काम गरिराखेका पाकिस्तानी कामदारहरूलाई खुवाएको बताएको छ ।

पत्रिकाका अनुसार पीडकका भाईले उनलाई ओमनको सीमा नजिकैको अल अलिनस्थित शहरमा रहेको घरमा खोज्न गएपछि ब्लेन्डरभित्र दाँत फेला पारेका थिए । उनका भाईले आफ्ना दाजु हराईरहेको उजुरी प्रहरीमा दिएका थिए जसले डीएनए परीक्षण गरेपछि उक्त दाँत हराइरहेका भनिएका उनका दाजुकै रहेको पुष्टी भएको थियो । प्रहरीका अनुसार उक्त महिलाले पहिले मृतकका भाईलाई घरबाट निकालिदिएको बताएकी थिइन् । तर दुबईस्थित गल्फन्यूजले प्रहरी अनुसन्धानका क्रममा पछि हत्या स्विकारेकी थिइन् ।

समाचार स्रोतहरूका अनुसार उनले आफ्ना साथीहरूको सहयोगमा उक्त अपार्टमेन्ट सफा गरेकी थिइन् । ती महिलालाई मानसिक जाँचका लागि अस्पताल पठाइएको समेत बताइएको छ । बीबीसी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?