मुल नहर भत्किन थालेपछि सिक्टा सिँचाइको गुणस्तर छानबिन गर्न माग !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २४, २०७५
|
|
३७ पटक हेरिएको
Shares
मुल नहर भत्किन थालेपछि सिक्टा सिँचाइको गुणस्तर छानबिन गर्न माग !

सारांश

  • बाँके, २४ साउन ।
  • परिक्षणका क्रममा पटकपटक मुल नहर भत्किन थालेपछि सिक्टा सिंचाई आयोजनाको गुणस्तर छानविन गर्न माग गरिएको छ ।
  • परिक्षणका क्रममा दोस्रो पटक यही साउन ७ गते ढकेरी नजिकै नहर भत्किएपछि गुणस्तर छानविन गर्न माग गरिएको हो ।

बाँके, २४ साउन । परिक्षणका क्रममा पटकपटक मुल नहर भत्किन थालेपछि सिक्टा सिंचाई आयोजनाको गुणस्तर छानविन गर्न माग गरिएको छ । परिक्षणका क्रममा दोस्रो पटक यही साउन ७ गते ढकेरी नजिकै नहर भत्किएपछि गुणस्तर छानविन गर्न माग गरिएको हो । पटक पटक नहर भत्किन थालेपछि राप्तीसोनारी गाउँपालिकाले सिक्टा सिंचाई आयोजनाको गुणस्तरमाथि प्रश्न उठाउँदै केन्द्र र प्रदेश सरकारसँग छानविन गर्न माग गरेको छ ।

परिक्षणका क्रममा पहिलो पटक २०७३ असार १४ गते सोही स्थानमा नहर भत्किएको थियो । गाउँपालिका अध्यक्ष लाहुराम थारुले राष्ट्रिय गौरवको यस आयोजनाको अवस्था नाजुक हुन पुगेको निस्कर्षसहित गाउँ कार्यपालिकाको बैंठकले नै गुणस्तर छानविन गर्नुपर्ने निर्णय गरेको जानकारी दिए । वडा नं.२ का वडाध्यक्ष मदन ओलीले सिक्टा सिचाई आयोजनाको गुणस्तरका कारण गाउँबस्तीमा जोखिम निम्त्याएकाले केन्द्र र प्रदेश सरकारले गुणस्तर जाँच गरी ठेकेदार कम्पनीलाई कारबाहीको दायरामा ल्याउन माग गरे ।

सरकारले विशेष प्राथमिकतामा राखेको आयोजनाले बाँकेको कृषि क्षेत्रलाई कायापलट गर्ने अपेक्षा राखिएको छ । तर, परिक्षणकै क्रममा पटक–पटक आयोजनाको मुल नहर भत्किन थालेपछि कामको गुणस्तरबारे चौतर्फी रुपमा प्रश्न उठिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ