शीर्ष नेताले कहाँबाट गर्ने छन् मतदान ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ३०, २०७९
|
|
२६ पटक हेरिएको
Shares
 शीर्ष नेताले कहाँबाट गर्ने छन् मतदान ?

सारांश

  • काठमाडौं।
  • देशभरका कुल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि मतदान सुरु हुँदैछ।
  • देशभर एकै चरणमा निर्वाचन हुँदैछ।

काठमाडौं। देशभरका कुल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि मतदान सुरु हुँदैछ। देशभर एकै चरणमा निर्वाचन हुँदैछ। निर्वाचनमा सहभागी हुन मतदाता नामावली भएको गाउँ ठाउँमा स्थानीहरु पुगेका छन्।

आज सवारी चल्ने भएसँगै एक दुई दित यता काठमाडौंसहितका मुख्य सहरी क्षेत्रमा रहेका मतदाता गाउँगाउँ पुगेका छन्। यसैक्रममा विभिन्न दलका शीर्ष नेताहरु पनि मतदानका लागि गाउँ पुगेका छन्। प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, सभामुखसहित राजनीतिक दलका शीर्ष नेताहरु मतदानका लागि आफ्नो मतदाता नामावली भएको स्थानीय तह पुगेका छन्।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा केही दिन यता गृह जिल्लामा छन्। प्रधानमन्त्री शेरबहादुर देउवा मतदानका लागि डडेलधुरा पुगेका छन्। प्रधानमन्त्री देउवाले डडेलधुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्र (ख) बाट मतदान गर्ने छन्।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका–७ राम्जास्थित पशुपति माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन्। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन् । त्यसका लागि उनी सिन्धुपाल्चक पुगेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’केही दिन अघि नै चितवन पुगेका छन् । उनले भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित नेपाल प्रहरी विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन्।

पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिकाबाट मतदान गर्ने छन्। त्यसका लागि उनी गौर पुगिसकेका छन्। पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलामबाट मतदान गर्नेछन्। पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माविबाट मतदात गर्ने छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गर्ने छन्। ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविस्थित ‘क’ मतदान केन्द्रबाट मतदान गर्ने छन्।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–२ को सत्यवती मावि केन्द्रबाट मतदान गर्ने छन्। राप्रपा नेपालका अध्यक्ष कमल थापाले शुक्रबार हेटौंडा उपमहानगरपालिका ६ स्थित वंशगोपाल उच्च मावि मतदान केन्द्रमा मतदान गर्ने भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डको एउटा आदेशले मुलुकलाई सवा करोड फाइदा
प्रचण्डको एउटा आदेशले मुलुकलाई सवा करोड फाइदा
स्वस्थ्य टिप्स: जानि राखौ किन पोल्छ पेट ?
स्वस्थ्य टिप्स: जानि राखौ किन पोल्छ पेट ?
३ अर्ब अनुदानको लोभले चिनियाँ जहाजबाट झण्डै छ अर्ब स्वाहा, अब उडान नगर्ने निर्णय
३ अर्ब अनुदानको लोभले चिनियाँ जहाजबाट झण्डै छ अर्ब स्वाहा, अब उडान नगर्ने निर्णय
मध्यपूर्वमा युद्ध झन् चर्कंदै, लेबनानी सहरहरुमा इजरायलको नयाँ आक्रमण
मध्यपूर्वमा युद्ध झन् चर्कंदै, लेबनानी सहरहरुमा इजरायलको नयाँ आक्रमण
असोज २ गतेदेखि ३० गतेसम्म मलमास
असोज २ गतेदेखि ३० गतेसम्म मलमास
काठमाडौंको टोखामा आगलागी, पाँच सटर जलेर नष्ट
काठमाडौंको टोखामा आगलागी, पाँच सटर जलेर नष्ट
पाँचौँ भूकम्प स्मृति दिवसमा राष्ट्रपतिको सन्देश
पाँचौँ भूकम्प स्मृति दिवसमा राष्ट्रपतिको सन्देश
ओलीको नाम देखाएरै जनतासँग भोट मागिएकाले महाधिवेशन अगाडी दुवै पदबाट राजीनामा दिन मिल्दैनः उपप्रधानमन्त्री पोखरेल
ओलीको नाम देखाएरै जनतासँग भोट मागिएकाले महाधिवेशन अगाडी दुवै पदबाट राजीनामा दिन मिल्दैनः उपप्रधानमन्त्री पोखरेल
उधारो आश्वासनमा झुक्किएर अनशन नतोड्ने गंगामायाको अडान
उधारो आश्वासनमा झुक्किएर अनशन नतोड्ने गंगामायाको अडान
बजेट अभावले तातोपानी चिकित्सालय सञ्चालनमा बाधा
बजेट अभावले तातोपानी चिकित्सालय सञ्चालनमा बाधा

तपाईंले छुटाउनुभयो कि?