एकीकृत नमूना मुसहर बस्तीमा सामूहिक टीका

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ३, २०७५
|
|
३० पटक हेरिएको
Shares
एकीकृत नमूना मुसहर बस्तीमा सामूहिक टीका

सारांश

  • ३ कात्तिक, बर्दिवास ।
  • महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका दलितले पहिलो पटक सामूहिकरूपले दशै मनाउँदै टीका लगाएका छन् ।
  • बस्तीकी अगुवा ७० वर्षीया मानकी सादाको हातबाट टीका र जमरा लगाउँदै ५० घर मुसहरले शुक्रबार सामूहिक दशैँ मनाएका हुन् ।

३ कात्तिक, बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका दलितले पहिलो पटक सामूहिकरूपले दशै मनाउँदै टीका लगाएका छन् ।

बस्तीकी अगुवा ७० वर्षीया मानकी सादाको हातबाट टीका र जमरा लगाउँदै ५० घर मुसहरले शुक्रबार सामूहिक दशैँ मनाएका हुन् । यसअघि कहिल्यै टीका लगाएर दशैँ नमनाएका मुसहरले यसपालि सांस्कृतिक सद्भाव र आपसी मित्रता मजबुत बनाउने उद्देश्यले सामूहिक टीका लगाइएको बस्तीका दलितको भनाइ छ ।

धुर्मुस–सुन्तली फाउण्डेसनले आफूहरुका लागि पक्की घर बनाइदिँदा वरपरका अन्य समुदायले पनि सहयोग गरेकाले अहिले ती समुदायले मनाएको महान चाड बडादशैँ आफूहरूले पनि मनाएकोे नमूना मुसहर बस्ती व्यवस्थापन समितिका अध्यक्ष बिल्टु सादाले बताए ।

घटस्थापनाका दिन ५० घर मुसहरले एकैठाउँमा सामूहिक जमरा राखेका थिए । यसअघि मुसहर भनेर आफूहरुसँग छोइछिटो गर्ने बाहुन क्षेत्री परिवारका नयाँ पुस्ताका युवायुवती आफूहरूको सामूहिक भोजमा सरिक भएका र सँगै बसेर खान पाउँदा आफूहरु पनि अब समाजका सदस्य भएको महसुस भएको यहाँका दलित बताउँछन् ।

सामूहिक टीकामा बर्दिवास–३ गौरीवासका बासिन्दा, बर्दिवास नगरपालिकाका पूर्वकार्यकारी अधिकृत रामकुमार कार्की र सञ्चारकर्मी राजकरण महतोलगायतको सहभागिता थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाईकलमा २४ तोला बराबरको सुनजस्तो धातु बोकेर चितवनतिर जाँदै थिए, त्यसपछि‘….
मोटरसाईकलमा २४ तोला बराबरको सुनजस्तो धातु बोकेर चितवनतिर जाँदै थिए, त्यसपछि‘….
संशोधन प्रस्ताव पारित गर्न दिदैनौँ–वरिष्ठ नेता खनाल
संशोधन प्रस्ताव पारित गर्न दिदैनौँ–वरिष्ठ नेता खनाल
भत्कायो एमालेले`माओवादीको आधार इलाका,बालकृष्ण ढुंगेलको गाउँमा माओबादीको लज्जास्पद हार“
भत्कायो एमालेले`माओवादीको आधार इलाका,बालकृष्ण ढुंगेलको गाउँमा माओबादीको लज्जास्पद हार“
मुसर बस्तीमा लक्ष्मीसँगै पुजिए ‘धुर्मुस–सुन्तली’
मुसर बस्तीमा लक्ष्मीसँगै पुजिए ‘धुर्मुस–सुन्तली’
आजको मौसमः केही प्रदेशमा पानी पर्ने, सडक तथा हवाइ यातायाता प्रभावित हुन सक्ने
आजको मौसमः केही प्रदेशमा पानी पर्ने, सडक तथा हवाइ यातायाता प्रभावित हुन सक्ने
सयौं कम्पनीका लाइसेन्स खारेज गर्ने सरकारको तयारी
प्रधानमन्त्री देउवाले चुनाव सार्ने हल्ला नगर्न आग्रह
प्रधानमन्त्री देउवाले चुनाव सार्ने हल्ला नगर्न आग्रह
भागबण्डाको आधारमा प्रदेश प्रमुख तोकियो : कांग्रेस ४, मधेशवादी दल २ र राप्रपा १
भागबण्डाको आधारमा प्रदेश प्रमुख तोकियो : कांग्रेस ४, मधेशवादी दल २ र राप्रपा १
केन्द्रीय सदस्यको नागरिकता र हस्ताक्षर सहित नेकपा प्रचण्ड–माधव समूह निर्वाचन आयोग जाँदै
केन्द्रीय सदस्यको नागरिकता र हस्ताक्षर सहित नेकपा प्रचण्ड–माधव समूह निर्वाचन आयोग जाँदै
आइजीपी भन्छन् : निर्मला प्रकरणमा सुरुबाटै गडबडी भयो, अपराधीलाई छाड्दैनौँ
आइजीपी भन्छन् : निर्मला प्रकरणमा सुरुबाटै गडबडी भयो, अपराधीलाई छाड्दैनौँ

तपाईंले छुटाउनुभयो कि?