मोटरसाईकलमा २४ तोला बराबरको सुनजस्तो धातु बोकेर चितवनतिर जाँदै थिए, त्यसपछि‘….

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २१, २०७६
|
|
२१ पटक हेरिएको
Shares
मोटरसाईकलमा २४ तोला बराबरको सुनजस्तो धातु बोकेर चितवनतिर जाँदै थिए, त्यसपछि‘….

सारांश

  • धादिङ ।
  • सुन जस्तो पँहेलो धातुसहित २ जना पक्राउ परेका छन्।
  • जिल्लाको वेनिघाट रोराङ गाउँपालिका ९ मझिमटार स्थित पृथ्वीलोकमार्गमा खटिएको प्रहरी टोलीले काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको मोटरसाइकल चेकजाँच गर्दा २४ तोला अबैध सुन जस्तो देखिने पँहेलो धातुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो।

धादिङ । सुन जस्तो पँहेलो धातुसहित २ जना पक्राउ परेका छन्।जिल्लाको वेनिघाट रोराङ गाउँपालिका ९ मझिमटार स्थित पृथ्वीलोकमार्गमा खटिएको प्रहरी टोलीले काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको मोटरसाइकल चेकजाँच गर्दा २४ तोला अबैध सुन जस्तो देखिने पँहेलो धातुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो।पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका २ क्षेत्रपुर स्थायी घर भएका ३५ वर्षीय सन्तोष बस्नेत र नवलपरासी मध्यविन्दु नगरपालिका ६ वस्ने गोकुलमान श्रेष्ठ रहेका छन्।

उनीहरुलाई काठमाडौंबाट चितवन जाँदै गरेको ना ५८ प ६५५३ नं को मोटरसाईकल चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट अवैध सुन जस्तो देखिने पँहेलो धातु, मोवाईल समेत फेला परेकोले सो सामान बरामद गरी मोटरसाईकल सहित पक्राउ गरिएको प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीले जानकारी दिए।पक्राउ परेका २ जनालाई थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरीहरभवन ललितपुरमा पठाईएको उनले बताए।

यो पनि पढ्नुहोस

रु १३ लाखको सामानसहित दुई पक्राउ

प्रहरीले करीब १३ लाख मूल्य बराबरको अवैध सामानसहित गए राति दुई जनालाई पक्राउ गरेको छ । भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको किरानाका सामान तथा सवारीसाधनसहित प्रहरीले सिरहाको छुट्टाछुटै स्थानबाट दुई जनालाई पक्राउ गरेको हो ।सिरहा नगरपालिका–३ मखनाहास्थित प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले बीआर३२जे १२०६ नंको स्कारपियोमा भारतबाट नेपालतर्फ अवैधरूपमा लिएर आइरहेको किराना सामानसहित सिरहाको कल्याणपुर नगरपालिका–१२ निवासी ५० वर्षीय सरिफ राइनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

त्यसैगरी सिरहा नगरपालिका–७ ट्राफिक नजिकैबाट अवैध सामानसहित मिर्चैया नगरपालिका–५ निवासी ४५ वर्षीय विष्णुदेव महतोलाई पक्राउ गरेको छ ।स१प ९२०२ नंको मोटरसाइकलमा भन्सार छलेर लुकाई राखिएको ३५ हजार मूल्य बराबरको किराना सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ गरिएको सम्पूर्ण सामान जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?