प्रचण्डको स्पीड तीव्र, माधव नेपाल र वामदेव गौतमसँगको भेट बाक्लियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २३, २०७६
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय पार्टीभित्र भेटघाटमा सक्रिय छन् ।
  • अर्का अध्यक्ष केपी शर्मा ओली स्वदेशमा नभएको मौका छोपेर प्रचण्ड आन्तरिक भेटवार्तामा सक्रिय भएका हुन् ।
  • पार्टीभित्र अध्यक्ष ओली र प्रभावशाली नेता वामदेव गौतम बीच नयाँ गठबन्धन बन्ने हल्ला चलेपछि प्रचण्डले आफ्नो भेटवार्तालाई तिव्रता दिएका हुन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय पार्टीभित्र भेटघाटमा सक्रिय छन् । अर्का अध्यक्ष केपी शर्मा ओली स्वदेशमा नभएको मौका छोपेर प्रचण्ड आन्तरिक भेटवार्तामा सक्रिय भएका हुन् ।

पार्टीभित्र अध्यक्ष ओली र प्रभावशाली नेता वामदेव गौतम बीच नयाँ गठबन्धन बन्ने हल्ला चलेपछि प्रचण्डले आफ्नो भेटवार्तालाई तिव्रता दिएका हुन् । उनीपनि दुवईमा आराम गरेर स्वदेश फर्किएका हुन् । यो बीचमा नेकपाभित्र नयाँ समिकरण बनेको कुरा मिडियामा चर्चा हुन थालेपछि प्रचण्ड सशंकित बनेका छन् । पार्टी एकतादेखि अहिलेसम्म प्रचण्ड र नेता गौतमबीच सुमधुर सम्बन्ध रहँदै आएको थियो ।

तर, एकाएक संगठन विभागको नेतृत्व वामदेवलाई दिने निर्णयमा ओली पुगेपछि प्रचण्ड झस्किएका हुन् । आगामी महाधिवेशनमा पार्टीको नेतृत्वमा पुग्ने लक्ष्यसहित प्रचण्ड अहिले भेटवार्तामा उत्रिएका हुन् । प्रचण्डनिकट उच्च स्रोतले जनाए अनुसार पछिल्लो समय उनले बरिष्ठ नेता माधव कुमार नेपाल र वामेदवसँग लगातार भेटवार्ता गरिरहेका छन् ।

च्याउ खोज्न जांदा बाबुको ज्यान गयो, चार छोराको बिचल्ली
हुम्लाका अन्दाजी ३० वर्षीय राजु महताराको भीरबाट लडेर मृत्यु भएको छ । महरा च्याउ खोज्न जाने क्रममा भीरबाट लडेका हुन् । साउन १८ गते विहान लिवलाइट नामको च्याउ खोज्न भनेर महतारा घरबाट निस्किएका थिए । हुम्लाको रिपमै रहेका स्थानीय पत्रकार विष्णु फडेराले जनाए अनुसार आर्थिक अवस्था कमजोर भएका महतारा च्याउ खोजेर बेच्ने उद्देश्यले घरबाट हिडेका थिए ।

घरमा चार जना छोरालाई पढ्दै गर भनेर निस्किएका थिए । लामो समय घर नफर्किएपछि गाउँलेले खोजी गर्दा उनी साउन १९ गते मृत अवस्थामा फेला परेको सृकोट प्राविका शिक्षक नवराज फडेराले बताए । शिक्षक फडेराका अनुसार लिबलाइट नामको च्याउ खोज्न प्राय गाउँले जाने गर्थे । २८ हजार रुपैयाँ प्रति किलोग्रामसम्म बिक्ने उक्त च्याउले पछिल्लो समय मुल्य नपाएपछि गाउँलेले संकलन गर्न छोडेका थिए । तर राजु भने उक्त च्याउको खोजीमा जाने गरेका थिए ।

तर यसपटक भने च्याउको खोजीमा गएर राजु फर्किएर आएनन् । मृतक राजुका दुई जुम्ल्याहा सहित ४ छोरा छन् । उनका १० वर्षीय जेठा छोरा कक्षा ४ मा, ८ वर्षीय दुई जुम्ल्याहा कक्षा १ मा र ५ वर्षीय कान्छा छोरा छन् । राजुकी श्रीमती सुस्त मनस्थितिकी र बोल्न नसक्ने अवस्थाकी छिन् । बाबुको निधन भएसँगै परिवारको बिचल्ली भएकाले सामाजिक सञ्जालबाट सहयोगको अपिल गरिएको पत्रकार बिष्णु फडेराले बताए । बाबुको मृत्यु पछि चार बालकको अध्ययनको सम्भावन पनि सकिएको भन्दै उनीहरुको शिक्षाका लागि सहयोग गरि दिन पनि पत्रकार फडेराले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मस्त निद्रामा रहेका चिनियाँ सुन तस्कर होटेल र्‍याडिसनबाट कसरी भए फरार ?
मस्त निद्रामा रहेका चिनियाँ सुन तस्कर होटेल र्‍याडिसनबाट कसरी भए फरार ?
मानहानि मुद्दामा राहुल गान्धीलाई राहत
मानहानि मुद्दामा राहुल गान्धीलाई राहत
दिल्लीको एक होटलमा भिषण आगलागी,१७ जनाको मृत्य
दिल्लीको एक होटलमा भिषण आगलागी,१७ जनाको मृत्य
भोलि बुधबार बिजोर नम्बर प्लेटका सवारी मात्रै गुड्न पाउने
भोलि बुधबार बिजोर नम्बर प्लेटका सवारी मात्रै गुड्न पाउने
जलवायु परिवर्तनको असर जनस्वास्थ्यमा कसरी पर्छ ?
जलवायु परिवर्तनको असर जनस्वास्थ्यमा कसरी पर्छ ?
स्थानीय तहमा विद्युत् खपत हुने उद्योग स्थापना गर्ने काममा लाग्नुस् : सभामुख घिमिरे
स्थानीय तहमा विद्युत् खपत हुने उद्योग स्थापना गर्ने काममा लाग्नुस् : सभामुख घिमिरे
काङ्ग्रेस किन माओवादीपट्टि ढर्कियो र यसको फाइदा के ?
काङ्ग्रेस किन माओवादीपट्टि ढर्कियो र यसको फाइदा के ?
१३ वर्षीया बालिका बलात्कृत
१३ वर्षीया बालिका बलात्कृत
नक्कली लाइसेन्स प्रकरण: यातायातका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर
नक्कली लाइसेन्स प्रकरण: यातायातका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर
लिंकनले आफ्नो बालक छोरा पढाउने गुरुलाई लेखेको यो चिठीले विश्वका अर्बौ मानिस स्तब्ध बने !
लिंकनले आफ्नो बालक छोरा पढाउने गुरुलाई लेखेको यो चिठीले विश्वका अर्बौ मानिस स्तब्ध बने !