एकैचोटी तीन बालिका हराए, ५ दिनसम्म अत्तोपत्तो छैन

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०७५
|
|
४१ पटक हेरिएको
Shares
एकैचोटी तीन बालिका हराए, ५ दिनसम्म अत्तोपत्तो छैन

सारांश

  • काठमाडौं ।
  • सुर्खेतमा तीनजना बालिका एकैपटक हराएका छन् ।
  • सिम्ता गाउँपालिका ९, खानीखोला सुर्खेतका तीनजना बालिका पाँच दिनदेखि हराएका हुन् ।

काठमाडौं । सुर्खेतमा तीनजना बालिका एकैपटक हराएका छन् । सिम्ता गाउँपालिका ९, खानीखोला सुर्खेतका तीनजना बालिका पाँच दिनदेखि हराएका हुन् ।

नेपाल राष्ट्रिय मावि सिम्ता कक्षा ९ मा पढ्ने १४ वर्षीया निशा सिंह, त्यसै कक्षामा पढ्ने १५ वर्षीया यमुना खत्री, कक्षा ७ मा पढ्ने उनकी बहिनी १२ वर्षीया रिसिमा खत्री हराएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

बालिकाको खोजतलास भइरहेको प्रहरीले बताएको छ । १० गते सिम्ता गाउँपालिकासँग जोडिएको सल्यान जिल्लाको सल्लीबजारबाट गाडी चढेका उनीहरु कहाँ गए भन्ने पत्ता लागेको छैन । ११ गते मात्र प्रहरीलाई जानकारी दिइएको थियो । सबै प्रहरी चौकीमा तीनजनै बालिकाको फोटोसहितको हुलिया दिएर खोजतलास भइरहेको प्रहरीको भनाइ छ ।

पुस १० गते स्कुलबाट हाफटाइममा घर आएर म्याडमले गाली गर्नुहुन्छ भन्दै हतारमा स्कूल गएकी छोरी अहिलेसम्म नफर्केकी निशाकी आमा भगवती सिंहको भनाइ छ । निशा, यमुना र रिसिमा कहाँ छन् थाहा नभएको परिवारले बताएका छन् ।

उनीहरु सल्लीबजारबाट मिलन विकको गाडी चढेका थिए । उनलाई सोध्दा सल्लीबजारबाट निःशुल्क आफ्नो गाडीमा छिन्चु ल्याएको र बुटवल फुपूकोमा जान्छौँ भनेपछि छिन्चुबाट १९०४ नंको बसमा नेपालगञ्ज चढाइदिएको बताएका छन् । उनीहरुलाई नेपालगञ्ज लैजाने १९०४ नंको बसमा प्रहरीले बुझ्दा बालिकाले बुटवल जाने भनेकाले कोहलपुर चौराहमा बुटवल लागि छुट्न लागेको गाडीमा छोडिएको भन्ने बुझिएको तर, फेला पार्न नसकिएको प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री अधिकारीको अन्त्येष्टि गृहजिल्ला कास्कीमै, यसरी गरिनेछ सम्मान
मन्त्री अधिकारीको अन्त्येष्टि गृहजिल्ला कास्कीमै, यसरी गरिनेछ सम्मान
अमेरिका, मेक्सिको र क्यानडाबीच व्यापारमा सहमति
अमेरिका, मेक्सिको र क्यानडाबीच व्यापारमा सहमति
कसरी बन्छ गाउँ कार्यपालिका र नगर कार्यपालिका ?
मतपरिणाम चमत्कार हो, कांग्रेस कि सुध्रिन्छ कि सिद्धिन्छ -खगेन्द्र संग्रौला
मतपरिणाम चमत्कार हो, कांग्रेस कि सुध्रिन्छ कि सिद्धिन्छ -खगेन्द्र संग्रौला
कोरोना नियन्त्रणका लागी स्वास्थ्यमन्त्री ढकालद्वारा उच्चस्तरीय समिति गठन
कोरोना नियन्त्रणका लागी स्वास्थ्यमन्त्री ढकालद्वारा उच्चस्तरीय समिति गठन
प्रहरी इन्काउन्टरमा अहिलेसम्म को को मारिए ? के भन्छन् मानवअधिकारकर्मी…
प्रहरी इन्काउन्टरमा अहिलेसम्म को को मारिए ? के भन्छन् मानवअधिकारकर्मी…
भ्रष्टाचार अभियोगमा मुद्दा दायर
भ्रष्टाचार अभियोगमा मुद्दा दायर
बहुमतको बलमा संविधान संशोधन गर्दैनौं, विधि र प्रक्रियाबाटै हुन्छः उपप्रधानमन्त्री सिंह
बहुमतको बलमा संविधान संशोधन गर्दैनौं, विधि र प्रक्रियाबाटै हुन्छः उपप्रधानमन्त्री सिंह
स्थानीय तहले सीप र बजार प्रवद्र्धनमा जोड दिनुपर्छ : मन्त्री रिजाल
स्थानीय तहले सीप र बजार प्रवद्र्धनमा जोड दिनुपर्छ : मन्त्री रिजाल
भारतसँगकाे निर्भरता हट्याे, नेपालकाे चीनसँग पारवहन सम्झाैता !
भारतसँगकाे निर्भरता हट्याे, नेपालकाे चीनसँग पारवहन सम्झाैता !