एक धर्मले अर्को धर्मलाई शासन गर्ने अवस्था अन्त्य भएको छ : मेयर दाहाल
सारांश
- भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एक धर्मले अर्को धर्मलाई गर्ने शासनको अन्त्य भएको बताएकी छिन् ।
- बकर इद २०७९ को अवसरमा आज भरतपुर–१६ जामिया रौयद आबुल हसन आली नढबीले आयोजना गरको शुभकामना आदान प्रदान कार्यक्रममा मेयर दाहालले यस्तो बताएकी हुन् ।
- विगतमा धर्म मान्ने जनसंख्याको आधारमा न्युन जनसंख्या भएका धर्मावलम्बिहरुलाई शासन गर्ने परिपाटी भएपनि अहिले त्यो अन्त्य भएर गएको दाहालले उल्लेख गरिन् ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एक धर्मले अर्को धर्मलाई गर्ने शासनको अन्त्य भएको बताएकी छिन् । बकर इद २०७९ को अवसरमा आज भरतपुर–१६ जामिया रौयद आबुल हसन आली नढबीले आयोजना गरको शुभकामना आदान प्रदान कार्यक्रममा मेयर दाहालले यस्तो बताएकी हुन् ।
विगतमा धर्म मान्ने जनसंख्याको आधारमा न्युन जनसंख्या भएका धर्मावलम्बिहरुलाई शासन गर्ने परिपाटी भएपनि अहिले त्यो अन्त्य भएर गएको दाहालले उल्लेख गरिन् । यो सबै परिवर्तन जनयुद्धको जगमा स्थापना भएको मेयर दाहालको दाबी थियो ।
नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषण गरेसँगै सबै धर्मावलम्बीहरुले बीच धार्मिक सहिष्णुता कामय भइ भाइचाराको सम्बन्ध स्थापित भएको उनको भनाइ थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया