नेपालले थाइल्याण्डलाई दियो २८२ रनको लक्ष्य

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २६, २०७४
|
|
३२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • एसीसी यू-१९ इस्र्टन रिजन प्रतियोगितामा नेपालले अनिलकुमार शाहको उत्कृष्ट पारीसँगै थाइल्याण्डसामू २८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
  • टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८१ रन बनायो ।

काठमाडौं । एसीसी यू-१९ इस्र्टन रिजन प्रतियोगितामा नेपालले अनिलकुमार शाहको उत्कृष्ट पारीसँगै थाइल्याण्डसामू २८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८१ रन बनायो ।

नेपालका लागि अनिलकुमारले उत्कृष्ट पारी खेले । उनी मात्र ९ रनले शतक बनाउन चुके । ७४ बलको सामना गरेका उनले ६ चौका र ५ छक्काको मलतमा ९१ रन बनाए ।

यस्तै प्रनित थापा मगरले अर्धशकत पुरा गरे । ६१ बलको सामना गरेका उनले तीन चौका र एक छक्कासहित ५० रन बनाए ।

सन्दिप सुनारले ३२, रोहितकुमार पौडेलले २८, दिपेन्द्र सिंह ऐरी र पवन सरार्फले २२ र आसिफ शेखले २१ रन बनाए । किशोर महतो २ रनमा अविजित रहे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?