यी हुन समयमै काम नसक्ने ठेकेदार कम्पनीहरु नामावली सहित, काम नगर्नेलाई कार्वाही गर्लान् गृहमन्त्रीले!

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १४, २०७५
|
|
३१ पटक हेरिएको
Shares
यी हुन समयमै काम नसक्ने ठेकेदार कम्पनीहरु नामावली सहित, काम नगर्नेलाई कार्वाही गर्लान् गृहमन्त्रीले!

सारांश

  • काठमाडौं, १४ जेठ – गृहमन्त्री रामबहादुर थापा बादलले समयमै काम नसक्ने ठेकेदारलाई कार्वाही गर्न निर्देशन दिइसकेका छन् ।
  • तर, उनले भने अनुसार समयमा काम नसक्ने कामदारलाई कार्वाही गर्छन गर्दैनन् भन्ने हेर्न बाँकी छ ।
  • चितवन जिल्ला प्रशासनले कार्यालयले विभिन्न सरकारी कार्यालयबाट कामका लागि ठेक्का लिने र काम नगर्ने ठेकदारहरुले नाम सार्वजनिक गरेको छ ।

काठमाडौं, १४ जेठ – गृहमन्त्री रामबहादुर थापा बादलले समयमै काम नसक्ने ठेकेदारलाई कार्वाही गर्न निर्देशन दिइसकेका छन् । तर, उनले भने अनुसार समयमा काम नसक्ने कामदारलाई कार्वाही गर्छन गर्दैनन् भन्ने हेर्न बाँकी छ ।

चितवन जिल्ला प्रशासनले कार्यालयले विभिन्न सरकारी कार्यालयबाट कामका लागि ठेक्का लिने र काम नगर्ने ठेकदारहरुले नाम सार्वजनिक गरेको छ । सडक, सिंचाई र पुल जस्ता विकास निर्माणका काममा ठेकदार पक्षबाट मनपरि भएको छ । जिल्लाका बाटो, पुल, सिंचाइ गरी ३८ वटा आयोजनाका लागि १० वटा आयोजनाका ठेकदारहरूले आधा पनि काम गरेका छैनन् ।

सरकारी कार्यालयबाट हालसम्म ३८ वटा आयोजना ठेकेदारले लिएका छन् । जिल्लाका विकास निर्माणका सबै कामको ठेक्का १० वटाले लिएका छन् । ती सबै आयोजनाका शुरु गर्नु अघि नै कार्यालयबाट पेश्की लिने र काम अपूरै छाड्ने, ढिलासुस्ती गर्ने भेटिएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार जिल्लाका विभिन्न सरकारी कार्यालयसँग ठेक्का आयोजना लिने र समयमा काम नगर्ने ठेकेदारको नाम लिस्ट तयार गरिएको हो ।

समयमै काम नसक्ने ठेकेदार कम्पनीहरुमा पृथ्वी निर्माण सेवा, काष्ठमाण्डप कन्स्ट्रक्सन प्रालि, त्रिशुल कन्स्ट्रक्सन, इको इन्जिनियरिङ, इभा इन लाइट कन्स्ट्रक्सन, नेपाल तराई निर्माण तथा डिप टुबेल, किसानमुक्ति डिप टुबेल, चित्रसारी डिप टुबेल, श्रीमन ड्रिलिङ एण्ड कन्स्ट्रक्सन, भीम ज्योति एआआरको नाम गृह मन्त्रालयमा पठाएको छ । ३८ वटा आयोजनाको काम अलपत्र पार्ने यी ठेकेदार कम्पनीलाई कार्वाही होला कि नहोला भन्ने हेर्न बाँकी छ ।

चितवन गृहमन्त्रीकै गृह जिल्ला पनि हो । उनकै जिल्लामा कामको शुरु गरी बीचमै छोड्ने, ढिला सुस्त गतिमा काम गर्ने ठेकदारको विवरण प्रशस्तै भेटिएको छ । सो विवरण प्रशासन कार्यालयले गृहमन्त्रालयमा पठाइसकेको छ ।

समयमै काम नसक्ने ठेकेदार कम्पनीहरुमा

  • पृथ्वी निर्माण सेवा
  • काष्ठमाण्डप कन्स्ट्रक्सन प्रालि
  • त्रिशुल कन्स्ट्रक्सन
  • इको इन्जिनियरिङ
  • इभा इन लाइट कन्स्ट्रक्सन
  • नेपाल तराई निर्माण तथा डिप टुबेल
  • किसानमुक्ति डिप टुबेल
  • चित्रसारी डिप टुबेल
  • श्रीमन ड्रिलिङ एण्ड कन्स्ट्रक्सन
  • भीम ज्योति एआआर

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    JN Marasini

    ओलि सरकार नालायकी हरुलाई ठाउ को ठाउ ठहरे पार तीन करोड नेपाली तिम्रै साथमा छन ?

    Comment Author

    Rk Paul Tmg

    Griha mantri jyoo tapai ko griha jilla chitwan jasto chor thekedar company aru jilla ma xain hola udharan ko lagi chitawan ko bhandara bat pahadi xetra Jane sadak chepang marga hernus 18 barsa dekhi thekedar company le paisa khadai alapatra parer sadak ko kam xodeko xa

    Comment Author

    Rajesh Majhi

    Good nepal ma k chahi vaneko time kaam sakeko x r

    Comment Author

    Sagar Nirdosi

    कार्बाहि गर्नु पर्छ मन्त्रीले ईच्छासक्ति देखाय नहुने भन्ने केही रहेनछ बास्तबमा देशले अबभने सहि गृहमन्त्री पायछ देशले काचुलि फेर्ने दिन सुरु भयछ जय होस गृहमन्त्री ज्यु को

    Comment Author

    Ram Singak

    Bikasko nirman ma thagne lai karbai hunu jaruri xa hi

    Comment Author

    Tilak Khatri

    कारवाही हैन लाईसेन्स खारेज हुन पर्छ

    Comment Author

    Gobinda Shrestha

    हाे सहिकाम नग्रने र कालाे पत्त गरेकाे १ ब्रस पनि नटिक्नेकाम ग्रने ठेगदार लाई सहि ठाउमालियर अाउनु प्रने त जरुरिछ र कुनै काम गरेर मियाद पनि राख्नुप्रछ दुईब्रस सम्म तल माथि भयठेकेदार ले नै बेहाेरनुप्रने नियमपनि भय सहिकाम हुन्थियाेकि कि कसाे फेसबुक मित्त हरु

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिबाट टीका ग्रहणका आयाम,
राष्ट्रपतिबाट टीका ग्रहणका आयाम,
राजा वीरेन्द्रका दुई जहाज नारायणहिटी संग्राहलयमा राखिने
राजा वीरेन्द्रका दुई जहाज नारायणहिटी संग्राहलयमा राखिने
त्रिवि परिसर, जहाँ बन्दैछ कोरोनाविरुद्धको हतियार
त्रिवि परिसर, जहाँ बन्दैछ कोरोनाविरुद्धको हतियार
आईजीपी नियुक्ति विवाद-डीआईजी र एआईजीको मुद्दालाई ‘लगाउ’मा राख्न आदेश
आईजीपी नियुक्ति विवाद-डीआईजी र एआईजीको मुद्दालाई ‘लगाउ’मा राख्न आदेश
पेट्रोलियम पद्धार्थको मूल्य बढ्याे
पेट्रोलियम पद्धार्थको मूल्य बढ्याे
राष्ट्रियसभा बैठक जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रियसभा बैठक जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
‘नेपालले लोकतन्त्र, मानवअधिकार, समानता र कानूनी शासनको प्रवद्र्धन गरेको छ :सभामुख
‘नेपालले लोकतन्त्र, मानवअधिकार, समानता र कानूनी शासनको प्रवद्र्धन गरेको छ :सभामुख
गौतम बुद्ध विमानस्थल सञ्चालनका लागि जिटुजी अवधारणा
गौतम बुद्ध विमानस्थल सञ्चालनका लागि जिटुजी अवधारणा
हेर्नुहोस् आमा र बुबा पछि छोरासँग प्रतिस्पर्धा: सिरहामा रोचक बन्दैछ चुनाव
हेर्नुहोस् आमा र बुबा पछि छोरासँग प्रतिस्पर्धा: सिरहामा रोचक बन्दैछ चुनाव
पुलको शिलान्यास गरेर फर्किएका मन्त्री महासेठको गाडी खोलामा डुब्यो
पुलको शिलान्यास गरेर फर्किएका मन्त्री महासेठको गाडी खोलामा डुब्यो

तपाईंले छुटाउनुभयो कि?