एक मधेश एक प्रदेश हुनै सक्दैनः गच्छादार

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ९, २०७६
|
|
२० पटक हेरिएको
Shares
एक मधेश एक प्रदेश हुनै सक्दैनः गच्छादार

सारांश

  • मधेशी दलका नेता तथा नेपाली काङ्गेसका उपसभापति विजयकुमार गच्छदारले देशमा ‘एक मधेश एक प्रदेश’मा जान नहुने बताएका छन् ।
  • गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन एवं नेपाली काङ्गेसबाट गोदावरी नगरपालिकाका निर्वा्चित जनप्रतिनिधिले संयुक्तरुपमा आयोजना गरेको शुभ दीपावली, नेपाल सम्वत् ११४० एवं छठ पर्व २०७६ को अवसरमा आज आयोजित ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा’ काङग्रेसका उपसभापति गच्छदारले पार्टीको स्वार्थभन्दा माथि उठेर मुलुकलाई विभाजन गर्न नहुने बताए ।
  • उनले भने , “म भन्दा ठूलो पार्टी हो ।

मधेशी दलका नेता तथा नेपाली काङ्गेसका उपसभापति विजयकुमार गच्छदारले देशमा ‘एक मधेश एक प्रदेश’मा जान नहुने बताएका छन् । गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन एवं नेपाली काङ्गेसबाट गोदावरी नगरपालिकाका निर्वा्चित जनप्रतिनिधिले संयुक्तरुपमा आयोजना गरेको शुभ दीपावली, नेपाल सम्वत् ११४० एवं छठ पर्व २०७६ को अवसरमा आज आयोजित ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा’ काङग्रेसका उपसभापति गच्छदारले पार्टीको स्वार्थभन्दा माथि उठेर मुलुकलाई विभाजन गर्न नहुने बताए ।

उनले भने , “म भन्दा ठूलो पार्टी हो । पार्टीभन्दा ठूलो मधेश हो । मधेशभन्दा ठूलो मेरो देश भएकाले यसलाई विभाजन गरेर मुलुकले समृद्धि हासिल गर्न सक्दैन ।” आफू अहिले सत्तामा नरहेको बताउँदै उहाँले थारु र जनजातिको हकमा लडेको मान्छेले समग्र मुलुकको हितमा लड्नुपर्छ भनी यस पार्टीमा लागि परेको बताए । रासससँग विशेष कुरा गर्दै गच्छदारले भन्नुभयो, “यस पार्टीमा रहेर महङ्गी र भ्रष्टाचार लगायतका कुरा नियन्त्रण गर्नमा रचनात्मक भूमिका निर्वाह गर्दैछु ।” गत चुनावमा नेपाली काङ्गेसले हार बेहोरेकोमा आगामी चुनावमा विजय हासिल गर्न लागिपरेको उनले जानकारी दिए ।

गच्छदारले नयाँ युवा पुस्तालाई पुराना व्यक्तिको कदर गर्दै उहाँहरुको योगदानलाई विर्सनु नहुने बताए । देश निर्माणमा युवापुस्ता अनुशासित भएर अघि बढ्नुपर्ने गच्छेदारको भनाइ थियो । गच्छदारले आफ्ना कार्यकर्तालाई उच्च मनोबल र दृढताका साथ प्रजातान्त्रिक लोकतन्त्रमा अघि बढ्न आग्रह गरे ।

ललितपुर काङ्गेस सभापति मदनबहादुर अमात्यले पञ्चायती र व्यक्तिवादी प्रवृत्तिबाट माथि उठेर लोकतान्त्रिक प्रवृत्तिमा लाग्न कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले देशमा मनाइने चाडपर्वले सबै मानिसको कामना पूरा गरोस् भन्ने शुभकामना व्यक्त गरे । नगरपालिका प्रमुख गजेन्द्र महर्जनले सबै नगरवासीको साथमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सो नगरपालिकाका उपप्रमुख मुना अधिकारीले नेपाली काङ्गेसको जागरण अभियानले मुलुकमा ऊर्जा भरेको दावी गरे । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसकारण फिल्म रिलिजपछि सार्वजनिक गरियो ‘हजार जुनीसम्म’को यो गीत
यसकारण फिल्म रिलिजपछि सार्वजनिक गरियो ‘हजार जुनीसम्म’को यो गीत
काठमाडौँमा माइनस तीन डिग्री मापन
काठमाडौँमा माइनस तीन डिग्री मापन
फरार अभियुक्त लुरुलुरु प्रहरीसामू आए, पक्राउपछि हत्कडीसहित भागे
एमालेको उद्देश्य आगामी चुनावमा बहुमत : उपाध्यक्ष पौडेल
एमालेको उद्देश्य आगामी चुनावमा बहुमत : उपाध्यक्ष पौडेल
सुन काण्डमा राजनीतिक संरक्षणको आशंका
सुन काण्डमा राजनीतिक संरक्षणको आशंका
भारतले नेपालमा लुकेको शंका गरेका यी खालिस्तानी नेता को हुन्?
भारतले नेपालमा लुकेको शंका गरेका यी खालिस्तानी नेता को हुन्?
अस्पतालको शैयाबाट बुद्धिमायाको आग्रहः म बाँच्न चाहन्छु, बचाइदिनुस्…
अस्पतालको शैयाबाट बुद्धिमायाको आग्रहः म बाँच्न चाहन्छु, बचाइदिनुस्…
एक झोला पैसाले घर किन्दैमा स्थानीय भइन्छ ?- केपी ओली
एक झोला पैसाले घर किन्दैमा स्थानीय भइन्छ ?- केपी ओली
पप्पु कन्स्ट्रक्सनको बदमासीः हस्ताक्षर सांसदकै,  पक्राउ पुर्जी छोरालाई !
पप्पु कन्स्ट्रक्सनको बदमासीः हस्ताक्षर सांसदकै, पक्राउ पुर्जी छोरालाई !
गृहको सर्वेक्षणः एमाले–माओवादी मिले प्रत्यक्षतर्फ १४५ सिट

तपाईंले छुटाउनुभयो कि?