एक सय २० खेल कम खेलेरै मेस्सीले रोनाल्डोलाई भेट्टाए, मेस्सीको पछिल्लो गोलमा अद्भूत संयोग
सारांश
- एजेन्सी।
- बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले ६ सय क्लब गोल पूरा गरेका छन्।
- बुधबार राति च्याम्पियन्स लिगमा लिभरपुलविरुद्ध २ गोल गरेसँगै मेस्सीले ६ सय क्लब गोल पुरा गरेका हुन्।
एजेन्सी। बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले ६ सय क्लब गोल पूरा गरेका छन्। बुधबार राति च्याम्पियन्स लिगमा लिभरपुलविरुद्ध २ गोल गरेसँगै मेस्सीले ६ सय क्लब गोल पुरा गरेका हुन्। यससँगै मेस्सीले क्रिस्टियानो रोनाल्डोको क्लब गोल संख्यासँग बराबरी गरेका छन्।
मेस्सीले ६ सय ८३ खेलमा ६ सय गोलगर्दा रोनाल्डोले भने ८ सय ३ खेलमा ६ सय गोल पूरा गरेका हुन्। अर्थात् मेस्सीले १ सय २० क्लब खेल कम खेलेर रोनाल्डकोको क्लब गोलसँग बराबरी गरेका हुन्। हाल दुवैको क्लब करियरमा समान ६–६ सय गोल भएको छ। उनीहरु कसले बढी गोल गर्ने भन्ने प्रतिस्पर्धामा अझै छन्।
मेस्सीको ६ सयौं गोलमा अद्भूत संयोग समेत परेको छ । मेस्सीले बार्सिलोनामा पहिलो गोल गरेको ठिक १४ वर्षपछि सोहि मितिमा आफ्नो ६ सय गोल पुरा गरेका हुन्। मेस्सीले सन् २००५ मे १ तारिखमा बार्साबाट पहिलो गोल गरेका थिए।
मेस्सीले ६ सय क्लब गोलको कोशे ढुंगा पुरागर्दा फुटबल क्लब बार्सिलोनाले समेत च्याम्पियन्स लिगमा महत्वपूर्ण उपलब्धी हासिल गरेको छ। बुधबार राति लुइस स्वारेजले बार्साको लागि पहिलो गोल गरेका थिए। गोलसँगै बार्सिलोनाले च्याम्पियन्स लिगमा ५ सय गोल पुरा गरेको हो। झन मेस्सीले २ गोल थपेपछि बार्साले च्याम्पियन्स लिगमा ५ सय २ गोल गरेको छ।
यसअघि रियल मड्रिडले मात्र च्याम्पियन्स लिगमा ५ सय गोल पुरा गरेको थियो। रियल मड्रिडको ५ सय ५१ गोल छ। बार्साले ५ सय च्याम्पियन्स लिग गोल पुरागर्दा मेस्सीले १ सय १० गोलको योगदान दिएका छन्।
प्रतिक्रिया