आज सुनको मूल्य बढ्यो
सारांश
- काठमाडौं ।
- आज सुनको मूल्य बढेको छ ।
- साताको छैटों तथा अन्तिम कारोबार दिन शुक्रबार बढेको सुनको मूल्य आज कारोबार साताको पहिलो दिन आइतवार पनि बढेको हो ।
काठमाडौं । आज सुनको मूल्य बढेको छ । साताको छैटों तथा अन्तिम कारोबार दिन शुक्रबार बढेको सुनको मूल्य आज कारोबार साताको पहिलो दिन आइतवार पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले वृद्धि भइ १ लाख १२ हजार ३०० रुपैयाँमै कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भइ प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया