एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १८, २०७४
|
|
३३ पटक हेरिएको
Shares
एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

सारांश

  • बाजुरा, १८ चैत, बाजुराको उत्तरी भेगमा रहेका चार स्थानीय तहका साबिकका ११ गाविसका लागि निर्माण गरिएको नेपाल टेलिकमको टावर एक सातादेखि बिग्रीदाँ टेलिफोन सेवा अवरुद्ध भइ सेवाग्राही मर्कामा परेका छन् ।
  • साबिकका ११ गाविसमा रहेका नमस्ते र स्काईका लागि निर्माण गरिएको उक्त टावरमा एक सातादेखि खराबी आएपछि स्थानीयवासी सम्पर्कविहीन बनेको नेपाल प्रेस युनियनका जिल्ला शाखाका अध्यक्ष छक्कबहादुर मल्लले जानकारी दिनुभयो ।
  • उहाँले दिएको जानकारीअनुसार लगातारको मौसम बदलीसँगै टेलिकमको टावरले काम गर्न छोडेपछि साबिकका ११ गाविसका स्थानीय सम्पर्कविहीन बन्नु परेको छ ।

बाजुरा, १८ चैत, बाजुराको उत्तरी भेगमा रहेका चार स्थानीय तहका साबिकका ११ गाविसका लागि निर्माण गरिएको नेपाल टेलिकमको टावर एक सातादेखि बिग्रीदाँ टेलिफोन सेवा अवरुद्ध भइ सेवाग्राही मर्कामा परेका छन् ।

साबिकका ११ गाविसमा रहेका नमस्ते र स्काईका लागि निर्माण गरिएको उक्त टावरमा एक सातादेखि खराबी आएपछि स्थानीयवासी सम्पर्कविहीन बनेको नेपाल प्रेस युनियनका जिल्ला शाखाका अध्यक्ष छक्कबहादुर मल्लले जानकारी दिनुभयो । उहाँले दिएको जानकारीअनुसार लगातारको मौसम बदलीसँगै टेलिकमको टावरले काम गर्न छोडेपछि साबिकका ११ गाविसका स्थानीय सम्पर्कविहीन बन्नु परेको छ ।

साबिकका ११ गाविसका लागि निर्माण भएको टावरको नेटवर्कले बेलुकी ५ बजेदेखि भोलिपल्टको बिहान १० बजेसम्म घाम नलागुन्जेलसम्म नेटवर्कले काम नगर्ने समस्या हुँदाहँुदै पनि एक सातादेखि टावरमा खराबी आएर टेलिफोन सेवा अवरुद्ध हुँदा कसैको ध्यान नगएको स्थानीयवासी पदमबहादुर विष्टले बताउनु भयो । जनताले सहज रुपमा सञ्चार सेवा प्राप्त गर्न पाउने अधिकारलाई हनन गर्दै टेलिकम शाखा मुखदर्शक बनेको विष्टले बताउनुभयो ।
मर्मतका लागि टेलिकमको मर्मत टोली आज बिहान डडेल्धुराबाट बाजुराका लागि आएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?