एमालेको भातृ संगठन अनेरास्वियुको अध्यक्षमा अधिकारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ६, २०७४
|
|
२७ पटक हेरिएको
Shares
एमालेको भातृ संगठन अनेरास्वियुको अध्यक्षमा अधिकारी

सारांश

  • अश्विन खड्का उदयपुर, फागुन ६ ।
  • उदयपुर जिल्लाको नेकपा एमालेको भातृ संगठन अनेरास्वियु को १५ औं अधिवेशन भईरहँदा नेत्तृत्व चयनमा विवाद उत्पन्न भएपछि स्थगित भएको थियो ।
  • अधिवेशनको विवाद मिलाउन पार्टीका जिल्ला स्तरीय नेताहरुको छलफलबाट शनिबार सर्बसहमतले जिल्ला कमिटी गठन गरिएको अध्यक्ष मण्डलका सदस्य सन्तोष बस्नेतले बताए ।

अश्विन खड्का

उदयपुर, फागुन ६ । उदयपुर जिल्लाको नेकपा एमालेको भातृ संगठन अनेरास्वियु को १५ औं अधिवेशन भईरहँदा नेत्तृत्व चयनमा विवाद उत्पन्न भएपछि स्थगित भएको थियो ।

अधिवेशनको विवाद मिलाउन पार्टीका जिल्ला स्तरीय नेताहरुको छलफलबाट शनिबार सर्बसहमतले जिल्ला कमिटी गठन गरिएको अध्यक्ष मण्डलका सदस्य सन्तोष बस्नेतले बताए ।

अध्यक्ष मण्डलका ११ सदस्यीयका अध्यक्ष रामशरण चौधरी, विद्यार्थी नेताहरु र जिल्ला कमिटीका सदस्यहरुको छलफलपछि अनेरास्ववियुको ३९ जनाको जिल्ला कमिटी गठन सर्बसहमतबाट गरिएको विद्यार्थी नेताहरुले बताए ।

अनेरास्ववियुको जिल्ला अध्यक्षमा सरोज अधिकारी, उपाध्यक्षमा केशव मगर, सचिव भुवन दाहाल र सहसचिवहरुमा क्रमशः मिलन राई, प्रवेश ठकुरी र किन्जल खत्री रहेका छन् ।

त्यस्तै कोषाध्यक्षमा सिमा श्रेष्ठलाई सर्बसहमतबाट छनौट गरी शनिबार नै एमाले पार्टी कार्यलयमा सपथ ग्रहण समेत गराईसकेको अध्यक्ष मण्डलका सदस्य सन्तोष बस्नेतले बताए ।

आन्तरिक विवाद उत्पन्न भई अध्यक्षमा हेम खडका र जीवनाथ दाहाल दुवैको सहमति हुन नसकेपछि तेस्रो विद्यार्थी नेतालाई अध्यक्षमा सर्बसहमतसहित नेतसत्व चयन गरिएको जिल्ला कमिटी सदस्य भागवत राउतले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?