थ्रीस्टार र आर्मी सिमरा गोल्डकपको उपाधिका भिड्दै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १०, २०७५
|
|
३४ पटक हेरिएको
Shares
थ्रीस्टार र आर्मी सिमरा गोल्डकपको उपाधिका भिड्दै

सारांश

  • काठमाडौ १०,माघ।
  • सिमरा गोल्डकप फुटबलको उपाधिका लागि फाइनलमा  त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लब भिड्ने भएका छन् ।
  • सिमरा रंगशालामा विहीबार भएको सेमिफाइनलमा थ्रीस्टार क्लबले हिमालयन शेर्पा क्लबलाई १-० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

काठमाडौ १०,माघ। सिमरा गोल्डकप फुटबलको उपाधिका लागि फाइनलमा  त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लब भिड्ने भएका छन् ।सिमरा रंगशालामा विहीबार भएको सेमिफाइनलमा थ्रीस्टार क्लबले हिमालयन शेर्पा क्लबलाई १-० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

थ्रीस्टारका लागि खेलको ७१औं मिनेटमा फोडे फोफनाले विजयी गोल गरेका थिए । बाँकी समयमा दुबैतर्फबाट गोल हुन नसक्दा फोडेको गोल नै निर्णायक बनेको हो ।

प्रतियोगिताको विजेताले ट्रफिसहित ६ लाख पाउनेछ र  उपविजेताले ३ लाख नगद प्राप्त गर्नेछ ।फाइनल खेल शनिबार सिमरा रंगशालामा हुदैछ ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?