एक साताभित्र सबै प्रदेशले मूख्यमन्त्री पाउने, यस्ता छन् आकांक्षी ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २७, २०७४
|
|
२३ पटक हेरिएको
Shares
एक साताभित्र सबै प्रदेशले मूख्यमन्त्री पाउने, यस्ता छन् आकांक्षी ?

सारांश

  • काठमाडौं, माघ २७ ।
  • आगामी एकसाता भित्र सातवटै प्रदेशले मूख्यमन्त्री पाउने भएका छन् ।
  • राजनैतिक दलहरुले संसदीय दलको नेता चयनको कामलाई तिब्रता दिएपछि सबै प्रदेशमा मूख्यमन्त्री छान्ने चटारो चलेको हो ।

काठमाडौं, माघ २७ । आगामी एकसाता भित्र सातवटै प्रदेशले मूख्यमन्त्री पाउने भएका छन् । राजनैतिक दलहरुले संसदीय दलको नेता चयनको कामलाई तिब्रता दिएपछि सबै प्रदेशमा मूख्यमन्त्री छान्ने चटारो चलेको हो ।

एमाले–माओवादीसहितको वामठबन्धनले सरकार बनाउन सक्ने प्रदेश नम्बर १, २, ३, ५, ६ र ७ मा लगभग मूख्यमन्त्रीको टुंगो लागिसकेको छ । उता, प्रदेश नम्बर ४ मा एमालेको भागमा परेको मूख्यमन्त्री कसले पाउने भन्ने अझैं टुंगो लागेको छैन् ।

एमालेका पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ दुबैजनाले आफूले मूख्यमन्त्री पाउनुपर्ने भन्दै दावी गरेकोले पार्टीले सो विषयलाई कसरी निष्कर्षमा पु¥याउने भन्ने गृहकार्यमा जुटेको बुझिएको छ ।

यता, प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरमबाट लालबाबु राउत मुख्यमन्त्री बन्नेछन् । त्यस्तै प्रदेश नम्बर एक मा एमालेको नेतृत्वमा सरकार बन्नेछ । एमालेले शेरधन राईलाई आफ्नो संसदीय दलको नेताका रुपमा चयन गरेको छ । यस्तै प्रदेश नम्बर तीनमा पनि एमालेकै नेतृत्वमा सरकार बन्ने छ । ३ नम्बरमा एमालेबाट डोरमणि पौडेल संसदीय दलको नेता चयन भएका छन् ।

यस्तै प्रदेश नम्बर पाँचमा एमालेले यसअघि नै शंकर पोखरेललाई नेताका रुपमा चुनिसकेको छ । माओवादी केन्द्रले नेतृत्व गर्ने प्रदेश नम्बर ६ र ७ मा संसदीय दलको नेता चयन भइसकेका छन् । ६ मा महेन्द्रबहादुर शाही र ७ मा त्रिलोचन भट्ट संसदीय दलको नेता चयन भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?