रेशम चौधरीलाई थुनामै राख्न आदेश

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २३, २०७५
|
|
२२ पटक हेरिएको
Shares
रेशम चौधरीलाई थुनामै राख्न आदेश

सारांश

  • सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपी रेशमलाल चौधरीलाई थुनामै राखि अनुशन्धान आदेश दिएको छ ।
  • आफुलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत कैलालीको आदेश र त्यसलाई सदर गर्न उच्च अदालत दिपायलले दिएको आदेश खारेजको माग गर्दै चौधरी सर्वोच्च गएका थिए ।
  • तर सर्वोच्च अदालतले चौधरीलाई रिहा गर्न अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपी रेशमलाल चौधरीलाई थुनामै राखि अनुशन्धान आदेश दिएको छ । आफुलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत कैलालीको आदेश र त्यसलाई सदर गर्न उच्च अदालत दिपायलले दिएको आदेश खारेजको माग गर्दै चौधरी सर्वोच्च गएका थिए । तर सर्वोच्च अदालतले चौधरीलाई रिहा गर्न अस्वीकार गरेको छ ।

सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले जिल्ला र उच्च अदालतको आदेशलाई नै सदर गरेको हो ।

कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते थारु समुदायको आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको मृत्यु भएको घटनाका अभियुक्त चौधरी जिल्ला अदालतको आदेशले थुनामा छन् ।

सर्वोच्चले चौधरी उपर प्रहरी नायब निरीक्षक मानबहादुर बोहरालगायत ८ जनाले ज्यानसम्बन्धी मुद्दामा किटान गरी पोल गरेको, घटनास्थलमा उपस्थित प्रहरीले कागज गर्दा चौधरी समेत उपर किटानी पोल गरेको, सहअभियुक्तहरुले चौधरीको निर्देशनमा घटनामा संलग्न भएको भनी बयान दिएको, चौधरीको कल डिटेल हेर्दा घटनास्थल भन्दा टाढा रहेको नदेखिएको, प्रतिवादी प्रदीप चौधरीले अदालतसमक्ष गरेको बयानमा  चौधरीउपर किटानी पोल गरेकाले उनले कसुर गरेकाो भनी विश्वास गर्न सकिने पर्याप्त आधार देखिएको सर्वोच्चले ठहर गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनसरीका ६३ कृषक समूहलाई बुधबार मोबाइल फोन
सुनसरीका ६३ कृषक समूहलाई बुधबार मोबाइल फोन
अविरल वर्षाका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन
अविरल वर्षाका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन
सरकारद्वारा आतंकवादी हमलाको निन्दा, इजरायलमा रहेका नेपालीलाई सतर्क रहन अनुरोध
सरकारद्वारा आतंकवादी हमलाको निन्दा, इजरायलमा रहेका नेपालीलाई सतर्क रहन अनुरोध
गर्मीले आत्तिएका भारतीय पर्यटक चिसो खोज्दै पोखरामा
गर्मीले आत्तिएका भारतीय पर्यटक चिसो खोज्दै पोखरामा
अस्पतालले भन्यो, ‘प्रधानमन्त्रीलाई भेट्न नआउनुस्, संक्रमणबाट जोगाउनु पहिलो प्राथमिकता’
अस्पतालले भन्यो, ‘प्रधानमन्त्रीलाई भेट्न नआउनुस्, संक्रमणबाट जोगाउनु पहिलो प्राथमिकता’
यातायात व्यवस्था विभागका शाखा अधिकृत घुस लिँदा-लिँदै पक्राउ
यातायात व्यवस्था विभागका शाखा अधिकृत घुस लिँदा-लिँदै पक्राउ
यस्तो सुविधा अायो स्मार्टफाेनमा
यस्तो सुविधा अायो स्मार्टफाेनमा
माओवादीका लागि नेता व्यवस्थापन जटिल देखियो, यी हुन नेताहरु…
माओवादीका लागि नेता व्यवस्थापन जटिल देखियो, यी हुन नेताहरु…
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
किन मानेनन् प्रम ओलीले विद्युत प्राधिकरणमा कुलमानलाई पुनःनियुक्त गर्न ?
किन मानेनन् प्रम ओलीले विद्युत प्राधिकरणमा कुलमानलाई पुनःनियुक्त गर्न ?

तपाईंले छुटाउनुभयो कि?