इन्दीरा घलेद्धारा २० जना बालबालिकालाई छात्रबृत्ति प्रदान !
सारांश
- इन्दीरा घलेद्धारा २० जना बालबालिकालाई छात्रबृत्ति प्रदान गर्दै लामो समयदेखी समाजसेवामा सक्रिय रहँदै आउनु भएकी धनकुटाकी छोरी इन्दिरा घलेले विगत वर्षहरुमा झै यस पटक पनि “नमस्ते धनकुटा” कार्यक्रम मार्फत धनकुटा जिल्लामा रहेका जेहेन्दार, गरिब तथा असाहाय २० जना बालबालिकाहरुका लागि छात्रबृत्ति वितरण गर्ने हुनुभएको छ ।
- धनकुटा जिल्ला वडा नं.
- ५ मा जन्मभई त्रिबेणी उच्च मा.
इन्दीरा घलेद्धारा २० जना बालबालिकालाई छात्रबृत्ति प्रदान गर्दै लामो समयदेखी समाजसेवामा सक्रिय रहँदै आउनु भएकी धनकुटाकी छोरी इन्दिरा घलेले विगत वर्षहरुमा झै यस पटक पनि “नमस्ते धनकुटा” कार्यक्रम मार्फत धनकुटा जिल्लामा रहेका जेहेन्दार, गरिब तथा असाहाय २० जना बालबालिकाहरुका लागि छात्रबृत्ति वितरण गर्ने हुनुभएको छ । धनकुटा जिल्ला वडा नं. ५ मा जन्मभई त्रिबेणी उच्च मा.बि. धनकुटामा शिक्षिकाको रुपमा कार्यरत घलेले आफ्नो लागि मात्रै हैन अरुको लागि पनि बाँच्नु पर्छ, सेवा गर्नु पर्छ भन्ने हेतुले शिक्षिका पेश छोडी हाल काठमाण्डौलाई कर्म क्षेत्र बनाई समाजसेवामा सक्रिय रहँदै आउनु भएकोछ । देशका कुनामा रहेका पुगेर दुःखमा मलम पट्टि लगाउन रुचाउने घले हाल चेन्ज एक्सन नेपालमा चेयर पर्सनका रुपमा कार्यरत रहनुभएकोछ । इन्दिरा घलेले आफूले दिएको छात्रबृत्ति संख्या प्रत्येक वर्ष दोब्बर बनाउँदै जानुभएको छ । नमस्ते धनकुटा कार्यक्रम मार्फत पहिलो पटक ५ जना दोश्रो पटक १० जनालाई छात्रबृत्ति प्रदान गरिसक्नु भएको छ भने हाल सोहि छात्रबृत्ति संख्या दोब्बर बनाउदै २० जना बालबालिकाहरुलाई छात्रबृत्ति दिन लाग्नु भएको हो । अप्रत्यक्ष रुपमा सयौं बालबालिकाहरुको सारथी बन्नु भएकी घले आफू जन्मेको जिल्लामा यसरी छात्रबृत्ति बाँढ्न पाउँदा आफू खुशी हुने र भबिष्यको खोजिमा रहेका बालबालिकाहरुलाई यो छात्रबृत्तिले अघि बढ्न टेवा पुग्ने बताउने घलेले बार्षिक रुपमा जिल्लाका जेहेन्दार, गरिब तथा असाहाय बालबालिकाहरुका लागि छात्रबृत्ति दिन र अप्ठेरोमा परेका र सहयोगको खाँचो परेकाहरुका लागि सारथी बन्नका लागि आफू सँधै लागिरहने घलेले जिल्लामा हरेक वर्ष छात्रबृत्ति वितरण कार्यलाई हरेक वर्ष निरन्तर गरिरहने समेत बनाउनुभयो ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया