पहिले देश अनि विदेश : आन्तरिक पर्यटन
सारांश
- काठमाडौं ।
- आज शुक्रबारदेखि नेपालको विविध पर्यटकीय उत्पादन र वस्तुलाई एकै ठाउँमा राखी पर्यटकलाई जानकारी गराउने उदेश्यले राजधानीमा ‘डोमेस्टीक टुरिजम मार्ट’ अथवा आन्तरिक पर्यटन मेला शुरु हुँदैछ ।
- गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले समग्र निजी क्षेत्रको प्रतिनिधित्व गर्दै पहिलोपटक भृकुटीमण्डपको प्रदर्शनी हलमा आयोजना गर्न लागेको हो ।
काठमाडौं । आज शुक्रबारदेखि नेपालको विविध पर्यटकीय उत्पादन र वस्तुलाई एकै ठाउँमा राखी पर्यटकलाई जानकारी गराउने उदेश्यले राजधानीमा ‘डोमेस्टीक टुरिजम मार्ट’ अथवा आन्तरिक पर्यटन मेला शुरु हुँदैछ ।
गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले समग्र निजी क्षेत्रको प्रतिनिधित्व गर्दै पहिलोपटक भृकुटीमण्डपको प्रदर्शनी हलमा आयोजना गर्न लागेको हो । दुईदिने पर्यटन मेलामा देशका सातवटा प्रदेशका पर्यटकीय गतिविधि राखिनेछ ।
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने उद्देश्यले ‘पहिला देश अनि विदेश’ भन्ने मूल नारा राखिएको छ ।
पर्यटन मेलामा पर्यटन सेवा प्रदायक ट्रेकिङ, ट्राभल, एयरलाइन्स, काठमाडौँ तथा मोफसलका होटल, होमस्टे, रिसोर्ट, पर्यटक यातायात, हस्तकलाका सामग्री, जिपफ्लायर, प्याराग्लाइडिङ, पर्यटन शैक्षिक कलेज, नयाँ पर्यटकीय गतिविधि, केबलकार, सूचना प्रविधि, सातै प्रदेशको विभिन्न खाद्य परिकारयुक्त फुड स्टलहरुका साथै साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने बताइएको छ । यस मेलाको करीब दुई लाख अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया