एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ११, २०७७
|
|
३१ पटक हेरिएको
Shares
एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा

सारांश

  • जिल्लामा रहेका ३४८ एचआइभी सङ्क्रमितको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको छ ।
  • यहाँ रहेका स्थानीय तहसँगको समन्वयमा उनीहरुको स्वास्थ्य बीमा गरिएको हो ।
  • एड्स हेल्थ फाउण्डेशनको सक्रियतामा उनीहरुको परिवारको स्वास्थ्य बीमा गरिएको हो ।

जिल्लामा रहेका ३४८ एचआइभी सङ्क्रमितको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । यहाँ रहेका स्थानीय तहसँगको समन्वयमा उनीहरुको स्वास्थ्य बीमा गरिएको हो । एड्स हेल्थ फाउण्डेशनको सक्रियतामा उनीहरुको परिवारको स्वास्थ्य बीमा गरिएको हो ।

फाउण्डेशन चितवनका प्रमुख कृष्णहरि सापकोटाका अनुसार बीमा गर्नेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका सङ्क्रमित रहेका छन् । स्थानीय तहहरुले नीति तथा कार्यक्रममा राखेर उनीहरुको बीमा गरेका हुन् । सङ्क्रमित खुलेर आउने वातावरण बनाउनका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए। बीमा गरिएका परिवारमा एकभन्दा बढीसमेत सङ्क्रमित रहेको सापकोटाले बताए।

जिल्लामा अहिले एक हजार ९२६ सङ्क्रमित छन् । तीमध्ये १४७ बालबालिका हुन् । फाउण्डेशनमा दर्ता भएर औषधि सेवन गर्नेमा ४७ बालबालिका, ४७१ महिला र ४५१ पुरुष सहित ९६७ रहेका छन् । सन् २०२० मा गरिएको परीक्षणका क्रममा नयाँ ७९ जनामा एड्स सङ्क्रमण भेटिएको छ । थपिएका व्यक्तिमध्ये चार बच्चा रहेका छन् ।

आठ हजार ७६२ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित थपिएको फाउण्डेशनका स्रोत व्यक्ति डा युवानिधि बसौलाले जानकारी दिए । बसौलाका अनुसार सन् २०२० मा सङ्क्रमितमध्ये १५ को मृत्यु भएको छ । मृत्यु हुनेमा एक कोरोना सङ्क्रमण, चार क्यान्सर, पाँच क्षयरोग र अन्य अत्यधिक मदिरा सेवनका कारण रहेका छन् । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
आज बुधबार, कस्तो छ तपाईंको राशिफल?
आज बुधबार, कस्तो छ तपाईंको राशिफल?
पैसाले गोजी भर्ने सोच बनाएर थिएटर नआउनुस् : मीना पूर्णिमा
पैसाले गोजी भर्ने सोच बनाएर थिएटर नआउनुस् : मीना पूर्णिमा
सर्वोच्चको आदेशले छुटेका प्रकाण्डलाई फेरि पक्रेर भोजपुर
सर्वोच्चको आदेशले छुटेका प्रकाण्डलाई फेरि पक्रेर भोजपुर
देवदह, डडेलधुरा, कपिलवस्तु, महाराजगंज, अर्घाखाँची, कैलाली, इटहरी, धनकुटा,बाजुराको ताजा मत पारीणाम
देवदह, डडेलधुरा, कपिलवस्तु, महाराजगंज, अर्घाखाँची, कैलाली, इटहरी, धनकुटा,बाजुराको ताजा मत पारीणाम
नेकपा (माओवादी केन्द्र)ले भन्यो- विप्लव नेकपा विरुद्धको प्रतिवन्ध तत्काल खारेज गरियोस
नेकपा (माओवादी केन्द्र)ले भन्यो- विप्लव नेकपा विरुद्धको प्रतिवन्ध तत्काल खारेज गरियोस
एक्वेरियममा रमाउँदै तीन सिए
एक्वेरियममा रमाउँदै तीन सिए
एपिएफद्धारा मच्छिन्द्र पराजित
एपिएफद्धारा मच्छिन्द्र पराजित
शेरा दरबारको जग्गासँग जोडेकोमा प्रचण्डको आपत्ति, भन्छन्, ‘ती पार्टी छाडेका मान्छे हुन्’
शेरा दरबारको जग्गासँग जोडेकोमा प्रचण्डको आपत्ति, भन्छन्, ‘ती पार्टी छाडेका मान्छे हुन्’
साउन लागेसँगै रङ्गीन चुरापोते र मेहेन्दीको व्यापार वृद्धि
साउन लागेसँगै रङ्गीन चुरापोते र मेहेन्दीको व्यापार वृद्धि

तपाईंले छुटाउनुभयो कि?