एमबाप्पेको कीर्तिमानी गाेलसँगै पिएसजीको लेन्समाथि विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३, २०८०
|
|
३६ पटक हेरिएको
Shares
एमबाप्पेको कीर्तिमानी गाेलसँगै पिएसजीको लेन्समाथि विजयी

सारांश

  • काठमाडौं।
  • फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको कीर्तिमानी गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्स लिग वानमा लेन्सलाई सहजै पराजित गरेको छ।
  • पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलमा पिएजीले लेन्समाथि ३-१ गोल अन्तरले पराजित गरेको हो।

काठमाडौं। फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको कीर्तिमानी गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्स लिग वानमा लेन्सलाई सहजै पराजित गरेको छ।

पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलमा पिएजीले लेन्समाथि ३-१ गोल अन्तरले पराजित गरेको हो। पिएसजीको जितमा एमबाप्पेसँगै लियोनेल मेस्सी र भिटिन्हाले गोल गरे। लेन्सका प्रजेमिस्लाव फ्रान्कोस्कीले एक गोल फर्काए।

लिगको शीर्षस्थानमा पिएसजी छ भने दोस्रो स्थानमा लेन्स छ। शनिबार राति भएको खेलमा एक गोल गरेसँगै एमबाप्पे लिग वानमा पिएसजीको सर्वाधिक गोलबर्ता बनेका छन्। उनले एडिन्सन काभानीको कीर्तिमानलाई तोडेका हुन्। एमबाप्पेले १६९औं लिग खेलमा १३९औं गोल गरेका हुन्।

यस जितसँगै पिएसजीले शीर्षस्थानमा ९ अंकको स्पष्ट अग्रता बनाएको छ। पिएसजीको ३१ खेलबाट ७२ अंक पुगेको छ। पराजित लेन्स ६३ अंक जोडेर दोस्रो स्थानमा यथावत छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पासविनाका सवारी साधन आवतजावतमा रोक
पासविनाका सवारी साधन आवतजावतमा रोक
बाबुराम भट्टराईले हत्यामा निर्दाेषलाइ फसाएकाे प्रहरी वरिष्ठ अधिकृतकाे खुलासा
बाबुराम भट्टराईले हत्यामा निर्दाेषलाइ फसाएकाे प्रहरी वरिष्ठ अधिकृतकाे खुलासा
एक महिनामा एक लाख ६५ हजार अफगानीले पाकिस्तान छाडे
एक महिनामा एक लाख ६५ हजार अफगानीले पाकिस्तान छाडे
नयाँ शक्ति विद्यार्थी युनियनद्वारा बुढीगण्डकी सम्झौता खारेजको माग गर्दै विरोध प्रर्दशन
नयाँ शक्ति विद्यार्थी युनियनद्वारा बुढीगण्डकी सम्झौता खारेजको माग गर्दै विरोध प्रर्दशन
महत सहभागी कार्यक्रममा झडप, ४७ राउन्ड गोली प्रहार, एक प्रहरीसहित सात घाइते f
महत सहभागी कार्यक्रममा झडप, ४७ राउन्ड गोली प्रहार, एक प्रहरीसहित सात घाइते f
अफगानिस्तानका खेलाडीले पहिलो पटक इण्डियन प्रिमियर लिग क्रिकेट खेल्ने
अफगानिस्तानका खेलाडीले पहिलो पटक इण्डियन प्रिमियर लिग क्रिकेट खेल्ने
ठूलो परिमाणमा लागूऔषध बरामद ३ जना पक्राउ
ठूलो परिमाणमा लागूऔषध बरामद ३ जना पक्राउ
कोरोना संक्रमणबाट बेलायतमा फेरि अर्का भूपू गोरखाको निधन
कोरोना संक्रमणबाट बेलायतमा फेरि अर्का भूपू गोरखाको निधन
नयाँ बसपार्क क्षेत्रमा वृक्षरोपण
नयाँ बसपार्क क्षेत्रमा वृक्षरोपण
सल्यानमा पहिलो परीक्षण : ‘डीटीएस’बाट जमिनमुनिको पानी तानियो
सल्यानमा पहिलो परीक्षण : ‘डीटीएस’बाट जमिनमुनिको पानी तानियो