पुनर्मिलन, भातृत्व र सहकार्यको भाव बोकेको ‘हिडौं साथ साथ’ कार्यक्रम सम्पन्न

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २७, २०७४
|
|
२१ पटक हेरिएको
Shares
पुनर्मिलन, भातृत्व र सहकार्यको भाव बोकेको ‘हिडौं साथ साथ’ कार्यक्रम सम्पन्न

सारांश

  • काठमाडौं, माघ २७ ।
  • राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको २६ औं वार्षिकोत्सवको अवसरमा पुनर्मिलन, भातृत्व र सहकार्यको भावसहित आयोजित ‘हिडौं साथ साथ’ कार्यक्रम सम्पन्न भएको छ ।
  • प्रहरी महानिरीक्षक प्रकाश अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम हनिबार सम्पन्न भएको हो ।

काठमाडौं, माघ २७ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको २६ औं वार्षिकोत्सवको अवसरमा पुनर्मिलन, भातृत्व र सहकार्यको भावसहित आयोजित ‘हिडौं साथ साथ’ कार्यक्रम सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम हनिबार सम्पन्न भएको हो ।

आईजीपी अर्याल र पूर्वप्रहरी महानिरीक्षक तथा प्रतिष्ठानका पूर्व समादेशक हेमबहादुर सिंहद्वारा बेलुनमा बाँधिएको ‘हिडौं साथ साथ’ लेखिएको ब्यानर संयुक्त रुपमा उडाएर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

कार्यक्रम शुभारम्भका अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक देबेन्द्र सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल प्रहरीको विगत, वर्तमान र भविष्य सक्रिय बनाउन सबैले साथसाथ हिँड्नुपर्ने बताए ।

पूर्व प्रहरी महानिरीक्षकहरु तथा प्रहरी अधिकृतहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरु तथा प्रहरी अधिकृतहरु, प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थी, प्रतिष्ठानका कर्मचारीहरु, तथा उन्नत तालिमका प्रशिक्षार्थीहरुको सहभागितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सुरु भएको उक्त कार्यक्रम बालुवाटार, नक्साल, नागपोखरी, नारायणहिटी संग्रहालय उत्तरढोका, लाजिम्पाट हुँदै पुनः प्रतिष्ठानसम्म पुगेर समापन समारोहमा परिणत भएको थियो ।

कार्यक्रम समापनको अवसरमा पूर्व प्रहरी महानिरीक्षक तथा प्रतिष्ठानका पूर्व समादेशक हेमबहादुर सिंहले प्रहरी अधिकृतहरुमा सामूहिक तथा भाइचाराको भावना विकास गर्ने यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताए ।

कार्यक्रममा सहभागीमध्ये जेष्ठ सदस्य, पूर्व प्रहरी महानिरीक्षक तथा प्रतिष्ठानका पूर्व समादेशक सिंहलाई प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक देबेन्द्र सुवेदीले मायाको चिनो प्रदान गर्नुका साथै सहभागीहरुलाई धन्यवाद ज्ञापन गरे ।

उक्त प्रतिष्ठानबाट पेशागत तालिम प्राप्त गरी विभिन्न समयमा दीक्षित भई व्यावसायिक जीवनको विभिन्न तह र तप्कामा पुगेका प्रहरी अधिकृतहरु र सेवानिवृत्त प्रहरी अधिकृतहरु बीचमा बन्धुत्वभाव जगाउँदै समन्वय र सहकार्य सदैव कायम राखी हामी सँगै थियाँै, छौं र रहनेछौं भन्ने अवधारणाका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?