निर्वाचनका लागि दाङमा एमाले–माओवादी गठबन्धनले उम्मेदवार टुंग्याए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १४, २०७४
|
|
३२ पटक हेरिएको
Shares
निर्वाचनका लागि दाङमा एमाले–माओवादी गठबन्धनले उम्मेदवार टुंग्याए

सारांश

  • आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दाङमा एमाले माओवादी गठबन्धनले उम्मेदवार टुङ्ग्याएको छ ।
  • एमालेका अध्यक्ष टीकाराम खड्काका अनुसार दाङमा रहेका तीन क्षेत्रमध्ये दुई क्षेत्र एमालेलाई र एक क्षेत्र माओवादीलाई दिइएको छ ।
  • प्रदेशसहित एमालेले छ र माओवादीले तीन क्षेत्र पाएका छन् ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दाङमा एमाले माओवादी गठबन्धनले उम्मेदवार टुङ्ग्याएको छ ।

एमालेका अध्यक्ष टीकाराम खड्काका अनुसार दाङमा रहेका तीन क्षेत्रमध्ये दुई क्षेत्र एमालेलाई र एक क्षेत्र माओवादीलाई दिइएको छ ।

प्रदेशसहित एमालेले छ र माओवादीले तीन क्षेत्र पाएका छन् । एमालेले प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका लागि चार क्षेत्र पाएको छ । यस्तै माओवादीले प्रतिनिधिसभाका लागि १ र प्रदेशसभाका लागि २ क्षेत्र पाएको छ । एमालेले क्षेत्र नं एकबाट प्रतिनिधिसभाका लागि वैकल्पिक केन्द्रीय सदस्य मेटमणि चौधरीलाई उम्मेदवार बनाएको छ ।

प्रदेशतर्फ ‘क’ मा माओवादीका इन्द्रजित थारु, ‘ख’ मा एमालेका रेवतीरमण शर्मा उम्मेदवार बन्ने अपेक्षा गरिएको छ ।

प्रतिनिधिसभाका लागि क्षेत्र नं ३ मा हीराचन्द्र केसी, प्रदेशका लागि ‘क’ मा माओवादी उम्मेदवार र ‘ख’ मा एमालेका उत्तर ओली उम्मेदवार बन्नुहुने बताइएको छ ।

प्रदेशसभाको लागि क्षेत्र नं २ मा माओवादीका कृष्णबहादुर महरा उम्मेदवार बन्नुभएको छ भने प्रदेशतर्फ २ को ‘क’मा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेल र ‘ख’मा एमालेकै अमर डाँगी उम्मेदवार बन्नुहुने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रमाइलो टेलिभिजनमा यसरी इतिहास रच्दै विश्वका कान्छा पत्रकार सुजन
रमाइलो टेलिभिजनमा यसरी इतिहास रच्दै विश्वका कान्छा पत्रकार सुजन
तीन वर्षभित्र सबै नेपालीको घरमा उज्यालो पुर्याइनेः मन्त्री पुन
तीन वर्षभित्र सबै नेपालीको घरमा उज्यालो पुर्याइनेः मन्त्री पुन
एमालेको दोहोरो नीति : एकातिर वार्ता, अर्कोतिर उम्मेदवारी
एमालेको दोहोरो नीति : एकातिर वार्ता, अर्कोतिर उम्मेदवारी
इङ्लिस प्रिमियर लिग : एभर्टनमाथि टोटनह्यामको आधा दर्जन गोल
इङ्लिस प्रिमियर लिग : एभर्टनमाथि टोटनह्यामको आधा दर्जन गोल
लाग्ला त स्वास्थ्य संकटकाल ?
लाग्ला त स्वास्थ्य संकटकाल ?
प्रदेश राजधानी केन्द्रित सरसफाइ अभियान
प्रदेश राजधानी केन्द्रित सरसफाइ अभियान
ओइपिएलका रमाइलो टिभी एचडी र एक्सन स्पोर्ट्स एचडी सफलतापूर्वक दोस्रो वर्षमा
ओइपिएलका रमाइलो टिभी एचडी र एक्सन स्पोर्ट्स एचडी सफलतापूर्वक दोस्रो वर्षमा
एकल वा बहुमतीय भन्दापनि समझदारीबाट राष्ट्रिय सभासम्बन्धी अध्यादेश अघि बढाउनुपर्छ : टोपबहादुर रायमाझी
एकल वा बहुमतीय भन्दापनि समझदारीबाट राष्ट्रिय सभासम्बन्धी अध्यादेश अघि बढाउनुपर्छ : टोपबहादुर रायमाझी
कर्मचारीलाई कोरोना, बैंक खाली गराएर कर्मचारीलाई बिदा
कर्मचारीलाई कोरोना, बैंक खाली गराएर कर्मचारीलाई बिदा
Congratulations! ‘Miley Jab Hum Tum’ actor Jaskaran Singh ties the knot with GF Ridheema Tiwari
Congratulations! ‘Miley Jab Hum Tum’ actor Jaskaran Singh ties the knot with GF Ridheema Tiwari

तपाईंले छुटाउनुभयो कि?