सर्वोच्चको आदेशले छुटेका प्रकाण्डलाई फेरि पक्रेर भोजपुर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १९, २०७५
|
|
१६ पटक हेरिएको
Shares
सर्वोच्चको आदेशले छुटेका प्रकाण्डलाई फेरि पक्रेर भोजपुर

सारांश

  • काठमाडौं, १९ भदौ ।
  • नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकमा “प्रकाण्ड”लाई भोजपुर लगिएको छ ।
  • मंगलबार श्री एयरलाइन्सको विमानमा विराटनगर विमानस्थल हुँदै भोजपुर लगिएको हो बताइएको छ ।

काठमाडौं, १९ भदौ । नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकमा “प्रकाण्ड”लाई भोजपुर लगिएको छ । मंगलबार श्री एयरलाइन्सको विमानमा विराटनगर विमानस्थल हुँदै भोजपुर लगिएको हो बताइएको छ ।

सर्वोच्च अदालतको आदेशमा छुटेका प्रकाण्डलाई काठमाडौंबाट फेरि पक्राउ गरी विराटनगर हुँदै भोजपुर लगिएको बताइएको छ । चुनावका बेला भोजपुरमा बम पड्काएको आरोप उनीमाथि लगाइएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई लक्षित गरी चुनावका बेला राईको गाडीमा बम पड्काएको आरोपमा पक्राउ गरी कानुनी कारबाहीको लागि भोजपुर लगिएको प्रहरी स्रोतले जनाएको छ । प्रकाण्डलाई जिल्ला अदालत भोजपुरमा हाजिर गराउन लगिएको बताइएको छ ।

विभिन्न आरोपमा पक्राउ पर्दै आएका प्रकाण्डलाई सर्वोच्च अदालतले छाड्ने आदेश दिएको थियो । सर्वोच्चको आदेशले छुटे पनि उनलाई प्रहरीले पुःन नयाँ आरोप लगाएर पक्राउ गर्दै आएको छ । जिल्ला अदालत भोजपुरमा प्रकाण्डका विरुद्ध ३ वटा मुद्दा दायर भएका छन् । जसमा २ वटा विष्फोटक पदार्थसम्बन्धी र १ वटा ज्यान मार्ने उद्योगमा मुद्दा दता रहेको बताइएको छ । उनी फरार प्रतिवादीको रुपमा रहेको जिल्ला अदालतको अभिलेखमा रहेको सूचना अधिकारी मणिराम पोखरेलले बताए । प्रकाण्डलाई प्रक्राउका लागि जिल्ला अदालत भोजपुरबाट वारेन्ट समेत जारी भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नं ३ को राजधानी हेटौंडा नै स्थायी हुनेः अध्यक्ष दाहाल
प्रदेश नं ३ को राजधानी हेटौंडा नै स्थायी हुनेः अध्यक्ष दाहाल
प्राप्त गरेको कुल बजेट मध्ये ३६ करोड रकम खर्च हुन नसकेर फिर्ता : मुगु
प्राप्त गरेको कुल बजेट मध्ये ३६ करोड रकम खर्च हुन नसकेर फिर्ता : मुगु
स्वघोषित ‘सिंघम’ डिएसपी क्षेत्री कारवाहीमा
स्वघोषित ‘सिंघम’ डिएसपी क्षेत्री कारवाहीमा
वाईसीएललाई प्रचण्डको निर्देशनः देशमा दक्षिणपन्थी हावा चल्यो, निद्राबाट ब्यूँझनुस्
वाईसीएललाई प्रचण्डको निर्देशनः देशमा दक्षिणपन्थी हावा चल्यो, निद्राबाट ब्यूँझनुस्
एमाले र राप्रपा नेपालबीच गठबन्धन, राप्रपा नेपाल चिन्हबाटै चुनाव लड्ने
एमाले र राप्रपा नेपालबीच गठबन्धन, राप्रपा नेपाल चिन्हबाटै चुनाव लड्ने
इटालीको रात्रिक्लबमा भागदौड हुँदा ६ जनाको मृत्यु
इटालीको रात्रिक्लबमा भागदौड हुँदा ६ जनाको मृत्यु
‘समस्या नेतृत्वबीच राखेर समाधान गर्नुपर्छ’
‘समस्या नेतृत्वबीच राखेर समाधान गर्नुपर्छ’
डा कोइराला भन्छन् : आफ्नै कमजोरीले सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो छ
डा कोइराला भन्छन् : आफ्नै कमजोरीले सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो छ
डर्टमन्डको आधा दर्जन गोल
डर्टमन्डको आधा दर्जन गोल
जेठ ३१ गते निर्वाचन गराउन आयोग प्रतिवद्ध : प्रमुख आयुक्त

तपाईंले छुटाउनुभयो कि?