एनपीएलमा आज दुई खेल हुँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २५, २०८१
|
|
२९ पटक हेरिएको
Shares
एनपीएलमा आज दुई खेल हुँदै

सारांश

  • काठमाडौं।
  • नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन्।
  • एनपीएलको आजको पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन्। एनपीएलको आजको पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।

यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९:१५ बजे सुरु हुनेछ। यस्तै दिउँसो १ बजे हुने दोस्रो खेल कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच हुनेछ।

चितवन ३ जित र १ हारसहित ६ अंकका साथ लिगको तेस्रो स्थानमा छ। चितवनको कप्तानी नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य कुशल मल्लले गरिरहेका छन्।

यता राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले कप्तानी गरेको लुम्बिनी लायन्स भने सबै खेल हारेर पुछारमा छ। उसले कुनै अंक जोड्न सकेको छैन। लुम्बिनी पहिलो चरणबाटै बाहिरिने सम्भावना प्रबल छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?