विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवाबीचको विभेद अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १०, २०८१
|
|
३९ पटक हेरिएको
Shares
विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवाबीचको विभेद अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री ओली

सारांश

  • न्युयोर्क।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य गर्नुपर्ने बताएका छन्।
  • उनले यही विभेदकै कारण सबैका लागि समान स्वास्थ्य सेवा उपलब्ध गराउनु चुनौतीपूर्ण भएको बताए।

न्युयोर्क। प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य गर्नुपर्ने बताएका छन्। उनले यही विभेदकै कारण सबैका लागि समान स्वास्थ्य सेवा उपलब्ध गराउनु चुनौतीपूर्ण भएको बताए।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले माउन्ट सिनाइ अस्पताल र एम्प्याथ नेपालद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विज्ञान र प्रविधिमा व्यापक सुधार आए पनि अल्पविकसित मुलुकले स्वास्थ्य पूर्वाधार क्षेत्रका चुनौती सामना गर्नु परिरहेको बताएका हुन्।

“धनी र गरिब मुलुकका बीच स्वास्थ्य सेवा र पूर्वाधारमा असमानता रहेको छ। आर्थिक कठिनाइका कारण गरिब मुलुकका जनताले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन्”, उनले भने, “प्राप्त स्रोत साधनबीच नेपाल सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखी सबैलाई आधारभूत स्वास्थ्य सेवा दिने लक्ष्यका साथ काम गरिरहेको छ । हामी यसमा अन्तर्राष्ट्रिय सहयोग र साझेदारीको अपेक्षा गर्दछौं।”

प्रधानमन्त्री ओलीले मानिसलाई बिरामी भएपछि उपचार गर्ने भन्दा पनि बिरामी नै हुन नदिने गरी निरोगी नेपालको अभियान सञ्चालन गरिएको उल्लेख गर्दै यो अभियान ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षाको एक अंग भएको बताए।

“निरोगी नेपालको नीति र अठोटभित्र शुद्ध र सन्तुलित खानाका साथै बच्चैदेखि मानिसलाई कसरी स्वास्थ्य बनाउने भन्ने सोच रहेको छ। विश्वमा आधुनिक चिकित्साको विकास हुनुपूर्व नेपालका पुर्खाहरूले परम्परागत र आयुर्वेदिक उपचार पद्धतिको विकास गरेका थिए”, उनले स्मरण गरे।

नेपालले मातृशिशु मृत्युदरमा उल्लेख गिरावट ल्याउनेलगायत सुधारका काम गरेको तर स्रोतसाधनको अपर्याप्तताका कारण हुनुपर्ने जति स्वास्थ पूर्वाधार विकास नभएको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीको जिकिर थियो।

“गुणस्तरीय र सहज जीवनयापनका लागि स्वस्थ्य रहनु अनिवार्य छ। त्यसैले दिगो विकासका लक्ष्यहरूको कार्यान्वयनका क्रममा नेपालको स्वास्थ्य क्षेत्रमा क्रमिक सुधार भए पनि आधुनिक र पूर्वाधारसम्पन्न स्वास्थ्य सेवाका लागि अन्तर्राष्ट्रिय समुदायको साझेदारी आवश्यक छ”, उनले भने, “नेपालको स्वास्थ्य क्षेत्रमा सघाउन माउन्ट सिनाइ अस्पतालले तालिम, अनुसन्धान, स्रोत परिचालनमा काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालसँग सहकार्य गर्दै आएकामा म धन्यवाद व्यक्त गर्न चाहन्छु।”

धुलिखेल अस्पतालका अनुसन्धान निर्देशक डा राजीव श्रेष्ठले नेपालमा ७० प्रतिशतभन्दा बढी मृत्यु नसर्ने रोगका कारण हुने गरेको सन्दर्भमा एम्प्याथले मुटु, मिर्गाैला र क्यान्सरजस्ता रोगको उपचारमा विशेषज्ञ विधाहरू वृद्धि गरी सहकार्य गर्दै आएको जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अविवाहित र विवाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता आयोजना हुने
अविवाहित र विवाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता आयोजना हुने
आगोले डढेर बालिकाको मृत्यु
आगोले डढेर बालिकाको मृत्यु
बेरोजगार युवालाई मासिक २ हजार दिने निर्णयको तयारीमा प्रधानमन्त्री देउवा
बेरोजगार युवालाई मासिक २ हजार दिने निर्णयको तयारीमा प्रधानमन्त्री देउवा
नयाँ सरकार दिन नसके पुनः संसद विघटन हुनसक्छ; कमल थापा
नयाँ सरकार दिन नसके पुनः संसद विघटन हुनसक्छ; कमल थापा
राष्ट्रियसभाका ५९ जना सांसदको पदावधि टुंगो लाग्याे, कस्को कार्यकाल कति? विस्तृतमा…
राष्ट्रियसभाका ५९ जना सांसदको पदावधि टुंगो लाग्याे, कस्को कार्यकाल कति? विस्तृतमा…
सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको जिम्मेवारी साहलाई, सोमबार बिहान सपथ
सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको जिम्मेवारी साहलाई, सोमबार बिहान सपथ
भदौ २ गते मंगलवारको राशिफल यस्तो छ
भदौ २ गते मंगलवारको राशिफल यस्तो छ
बालेन लक्षित ओलीको टिप्पणी : भैंसीको ढाडमा बसेर लात हानेँ भनेर झिँगा दंग पर्छ
बालेन लक्षित ओलीको टिप्पणी : भैंसीको ढाडमा बसेर लात हानेँ भनेर झिँगा दंग पर्छ
बाँकी रहेका इस्लामिक स्टेटका लडाकूलाई टर्कीले समाप्त गर्छ – ट्रम्प
ललिता निवास प्रकरणः सञ्चारसचिव कृष्णबहादुर राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा
ललिता निवास प्रकरणः सञ्चारसचिव कृष्णबहादुर राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा

तपाईंले छुटाउनुभयो कि?