मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्र बदर हुने सहमतिमा गणना सुरु

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२८ पटक हेरिएको
Shares
मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्र बदर हुने सहमतिमा गणना सुरु

सारांश

  • काठमाडौँ, मंसिर २३ – प्रतिनिधिसभा सदस्य चुनावमा नेपाली कांग्रेसले धेरैभन्दा धेरै जिते २५ सिटसम्म जित्ने देखिएको छ ।
  • काठमाडौँका ३, रसुवाको १ र मोरंगको १ स्थानमा गरि अहिलेसम्म ५ सिट जितेको छ ।
  • ३८ सीटको नतिजा आउँदा ५ सीट मात्र जितेको कांग्रेसले गन्ती भैरहेका १ सय २४ स्थानमध्ये नेपाली कांग्रेसलेअहिले २० ठाउँमा मात्र अग्रता लिएको छ ।

काठमाडौँ, मंसिर २३ – प्रतिनिधिसभा सदस्य चुनावमा नेपाली कांग्रेसले धेरैभन्दा धेरै जिते २५ सिटसम्म जित्ने देखिएको छ ।

काठमाडौँका ३, रसुवाको १ र मोरंगको १ स्थानमा गरि अहिलेसम्म ५ सिट जितेको छ । ३८ सीटको नतिजा आउँदा ५ सीट मात्र जितेको कांग्रेसले गन्ती भैरहेका १ सय २४ स्थानमध्ये नेपाली कांग्रेसलेअहिले २० ठाउँमा मात्र अग्रता लिएको छ ।

अग्रता लिएका सबै क्षेत्रमध्ये १७ स्थान र गन्ती शुरु हुन बाँक स्याङ्जाका २ र अर्घाखाचीमा जिते पनि नेपाली कांग्रेसले अब २५ भन्दा बढी स्थान हासिल गर्न कठिन छ ।

कांग्रेसबाट काठमाडौँ १ मा प्रकाशमान सिंह, काठमाडौँ ४ मा गगन थापा, काठमाडौँ १० मा राजन केसी, मोरङ २ मा मिनेन्द्र रिजाल र रसुवा १ मा मोहन आचार्यले जित हात पार्नु भएको छ ।

कांग्रेसले अग्रता लिएका जिल्लामासुनसरी, बारा, धनुषा, पर्सा, रौतहट,सर्लाही, सिरहा, कञ्चनपुर र डडेल्धुरा छन् । सुनसरी ४ मा ज्ञानेन्द्र कार्कीले जित्ने सम्भावना कम छ । मोरङमा मिनेन्द्र रिजाल बाहेक सबैजना पराजित भइसकेका छन् ।

यस्तै प्रदेश नं. २ मा बारा १ बाट उमाकान्त चौधरी, धनुषा ४ बाट महेन्द्र यादव, रौतहट २ बाट मोहम्मद आफताब आलम र ४ बाट देवप्रसाद तिमिल्सेनाले जित्ने सम्भावना छ ।

यस्तै प्रदेश नं. २ कै सप्तरी ३ बाट दिनेश कुमार यादव र ४ बाट तेजुलाल चौधरी, सर्लाही ३ बाट हरिशप्रसाद महतो तथा सिरहा १ बाट प्रदीप गिरीले जित्ने सम्भावना बाँकी छ ।

यस्तै प्रदेश नं. ७ मा डडेल्धुराबाट कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले जित्ने संभावना प्रष्ट भए पनि कञ्चनपुरबाट रमेश लेखकले जित हात पार्ने ग्यारेण्टी भैसकेको छैन ।

यी बाहेक प्रदेश नं. ४ मा स्याङ्जा र ५ मारुपन्देही तथा बाँकेमा पनि कांग्रेस उम्मेदवारले जित्न सक्ने सम्भावना छ । यी सबै ठाउँमा जिते नेपाली कांग्रेसले बढीमा २५ सीट पुुर्याउन सक्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुर बलात्कार घटना: अर्धनग्न र बेहोस अवस्थामा प्रहरीले भेटेपछि…
ललितपुर बलात्कार घटना: अर्धनग्न र बेहोस अवस्थामा प्रहरीले भेटेपछि…
ललितपुर प्रहरी प्रभागभित्र गोली चल्यो, एक प्रहरी घाइते, असई पक्राउ
ललितपुर प्रहरी प्रभागभित्र गोली चल्यो, एक प्रहरी घाइते, असई पक्राउ
जनवरी १ देखि मलेसियामा श्रमिकको तलव बढ्ने
जनवरी १ देखि मलेसियामा श्रमिकको तलव बढ्ने
बचतकर्ताको रु एक अर्ब २१ करोड हिनामिना गर्ने सहकारीका सञ्चालक प्रहरी नियन्त्रणमा
बचतकर्ताको रु एक अर्ब २१ करोड हिनामिना गर्ने सहकारीका सञ्चालक प्रहरी नियन्त्रणमा
प्रधानमन्त्री दाहाल र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता
दुर्घटनामा निधन भएकाहरुको आर्थिक स्थिति हेरेर परिवारलाई सहयोग गर्न सरकारलाई आग्रह
दुर्घटनामा निधन भएकाहरुको आर्थिक स्थिति हेरेर परिवारलाई सहयोग गर्न सरकारलाई आग्रह
नेपालका लागि नवनियुक्त भारतीय राजदुत काठमाडौं आए
नेपालका लागि नवनियुक्त भारतीय राजदुत काठमाडौं आए
बैतडीको पञ्चेश्वर गाउँपालिका६ मा राप्रपाको प्यानल विजयी
बैतडीको पञ्चेश्वर गाउँपालिका६ मा राप्रपाको प्यानल विजयी
राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शहिदप्रति श्रद्धान्जली
राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शहिदप्रति श्रद्धान्जली
ससुरा-बुहारी मिलेर नातीको हत्या
ससुरा-बुहारी मिलेर नातीको हत्या

तपाईंले छुटाउनुभयो कि?