एनसेलको नयाँ अल टाइम डेटा प्याक, ननस्टप यूट्युब डेटा प्याकको मूल्य दोब्बर

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २१, २०७८
|
|
३८ पटक हेरिएको
Shares
एनसेलको नयाँ अल टाइम डेटा प्याक, ननस्टप यूट्युब डेटा प्याकको मूल्य दोब्बर

सारांश

  • एनसेलले सुलभ दरमा डेटा उपलब्ध गराउने भएको छ ।
  • यसका लागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ ।
  • यस अन्तर्गत ननस्टप यूट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको भोल्युम उही शुल्कमा दोब्बर प्रदान गरेको छ ।

एनसेलले सुलभ दरमा डेटा उपलब्ध गराउने भएको छ । यसका लागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । यस अन्तर्गत ननस्टप यूट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको भोल्युम उही शुल्कमा दोब्बर प्रदान गरेको छ ।

नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समय हुनेछ । जसमा ५ जीबी अल टाइम डेटा ग्राहकले करसहित १२५ रुपैयाँमा पाउनेछन् । त्यस्तै ननस्टप यूट्युब प्याक अन्तर्गत ग्राहकले करसहित १४७ रुपैयाँमा सात दिनका लागि ४ जीबी अल टाइम डेटा, भाइबर म्यासेजिङका लागि छुट्टै ५०० एमबी डेटा र यूट्युबमा ननस्टप पहुँच पाउने कम्पनीको जानकारी दिएको छ ।

यसअघि ग्राहकले यस यूट्युब प्याकमा यही मूल्यमा २ जीबी अल टाइम डेटा पाउँदै आएका थिए । अब यो भोल्युम बढेर ४ जीबी बनाइएको हो । यी प्याकहरु मंगलबारदेखि नै लागू हुनेछन् । ग्राहकले एष्ट्रिक्स १७१२३ ह्यास डायल गरी नयाँ ५ जीबी अल टाइम डेटा प्याक लिन सक्नेछन् ।

त्यस्तै ग्राहकले ननस्टप यूट्युबसँग बन्डल गरिएको ४ जीबी अल टाइम डेटा र ५०० एमबी भाइबर म्यासेजिङ् डेटा बण्डल पनि एष्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्राप्त गर्न सक्नेछन् । ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरु खरिद गर्न सक्छन् । यी प्याकहरु लिएको दिनबाट ७ दिनका लागि मान्य हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?