आईजीपी नियुक्तिमा वरीयता मिचिएपछि दुई सिनियर एआईजी अदालत जाँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १८, २०७९
|
|
५० पटक हेरिएको
Shares
आईजीपी नियुक्तिमा वरीयता मिचिएपछि दुई सिनियर एआईजी अदालत जाँदै

सारांश

  • काठमाडौं।
  • सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले अदालत जाने तयारी गरेका छन्।
  • आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेपछि एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा अदालत जाने तयारीमा लागेका हुन्।

काठमाडौं। सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले अदालत जाने तयारी गरेका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेपछि एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा अदालत जाने तयारीमा लागेका हुन्। त्यसका लागि उनीहरूले छलफल थालेका छन्।
पोखरेल र थापा एआईजी बनेको एक वर्षपछि मात्रै सिंह एआईजीमा नियुक्त भएका थिए। त्यसैले पोखरेल र थापाले वरिष्ठता र कार्यसम्पादनका आधारमा आफू महानिरीक्षक हुनुपर्ने माग गर्दै अदालत जाने तयारी गरेका हुन्।
गृह मन्त्रालयले समेत विश्वराजलाई पहिलो नम्बरमा राखेर आईजीपी बढुवाका लागि सिफारिस गरेको थियो। तर, प्रधानमन्त्री शेरबहादुर देउवाको दबाबमा सिंहलाई आईजीपी बनाइएको हो। आईजीपी नियुक्त गर्ने विषयमा प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँणबीच मतभेद थियो। गृहमन्त्री खाँण पोखरेललाई नै आईजीपी नियुक्त गर्नुपर्ने अडानमा थिए। देउवाले सिंहलाई नै आईजीपी बनाउने बताएका थिए। आईजीपी नियुक्तिको विवाद पाँचदलीय गठबन्धनको बैठकमा समेत पुगेको थियो। जहाँ शीर्ष नेताहरू पनि विभाजित देखिएका थिए।
प्रधानमन्त्रीको प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमत देखिएका थिए। गृहमन्त्रीको प्रस्तावमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहमत थिए। आईजीपी नियुक्तिको विषयमा नेताहरूबीच सहमति जुट्न नसकेपछि प्रधानमन्त्री देउवा आफ्नै अडानअनुसार अघि बढेका हुन्। [image: collage (1).jpg]

(https://yellowtail.tech)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनकाे लागि गुगलले विशेष सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दै
चीनकाे लागि गुगलले विशेष सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दै
इटालीलाई हराउँदै स्वीट्जरल्याण्ड युरोकपको क्वाटरफाइनलमा
इटालीलाई हराउँदै स्वीट्जरल्याण्ड युरोकपको क्वाटरफाइनलमा
संघीय फोरमका कार्यकर्ता चढेको जिप रौतहटमा दुर्घटना, चालकको मृत्यु
संघीय फोरमका कार्यकर्ता चढेको जिप रौतहटमा दुर्घटना, चालकको मृत्यु
श्रम मन्त्रालयको छ महिनामा ७० प्रतिशत प्रगति
श्रम मन्त्रालयको छ महिनामा ७० प्रतिशत प्रगति
एसिसी यु -१९: अफगानिस्तान ७ विकेटले विजयी, नेपाल बाहिरियो
एसिसी यु -१९: अफगानिस्तान ७ विकेटले विजयी, नेपाल बाहिरियो
कति बेला र कति पटक सम्भोग गर्दा राम्रो जानी राखौ
कति बेला र कति पटक सम्भोग गर्दा राम्रो जानी राखौ
मदन आश्रित स्मृति दिवस मनाइँदै, दुई अध्यक्षले सम्बोधन गर्ने
मदन आश्रित स्मृति दिवस मनाइँदै, दुई अध्यक्षले सम्बोधन गर्ने
डब्लूएचओद्वारा कोरोनालाई महामारीको संज्ञा दिँदै, ठोस कदम चाल्न आग्रह
डब्लूएचओद्वारा कोरोनालाई महामारीको संज्ञा दिँदै, ठोस कदम चाल्न आग्रह
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको जमिन फिर्ता ल्याएर छाड्ने ओलीको अठोट, दार्चुलामा उर्लियो जनसागर
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको जमिन फिर्ता ल्याएर छाड्ने ओलीको अठोट, दार्चुलामा उर्लियो जनसागर
आज मध्यरातमा इन्धनको मूल्यबृद्धि हुँदै
आज मध्यरातमा इन्धनको मूल्यबृद्धि हुँदै