राष्ट्रपति र प्रधानमन्त्रीले नछाडेसम्म दरबार कब्जा गर्छौंः प्रदर्शनकारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २७, २०७९
|
|
५१ पटक हेरिएको
Shares
राष्ट्रपति र प्रधानमन्त्रीले नछाडेसम्म दरबार कब्जा गर्छौंः प्रदर्शनकारी

सारांश

  • कोलम्बो।
  • दुवै नेताले आधिकारिक रूपमा राजीनामा नगरेसम्म श्रीलंकाको राष्ट्रपति र प्रधानमन्त्रीको निवासमा कब्जा जारी राख्ने प्रदर्शनकारीहरूले बताएका छन्।
  • राष्ट्रपति गोटाबाया राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने शनिबार संसदका सभामुखले जानकारी दिएका थिए।

कोलम्बो। दुवै नेताले आधिकारिक रूपमा राजीनामा नगरेसम्म श्रीलंकाको राष्ट्रपति र प्रधानमन्त्रीको निवासमा कब्जा जारी राख्ने प्रदर्शनकारीहरूले बताएका छन्।

राष्ट्रपति गोटाबाया राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने शनिबार संसदका सभामुखले जानकारी दिएका थिए। त्यस्तै, प्रधानमन्त्रीले पनि राजीनामा दिने बताएका छन् । प्रदर्शनकारीले उनको निजी निवासमा आगजनी गरेका छन्।

तर राष्ट्रपति आफैं देखिएका छैनन् र सार्वजनिक बयान दिएका छैनन्। उनी हाल श्रीलंकाको जलक्षेत्रमा नौसेनाको जहाजमा रहेको सैनिक स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। उनका भाइ पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षे पनि नौसेनाको आधारमा रहेको बताइएको छ।

दुबै नेताले राजीनामा दिने भने पनि आन्दोलनकारीहरूले नेताहरूको नियतप्रति शंका गरिरहेका छन्।

‘हाम्रो संघर्ष सकिएको छैन’, विद्यार्थी आन्दोलनका नेता लाहिरु वीरासेकराले भने, ‘राष्ट्रपति राजापाक्षेले नछोड्दासम्म हामी संघर्ष छोड्ने छैनौँ।’

आगामी दिन राजनीतिक रूपमा के हुन्छ भनेर हेर्नको लागि अत्यन्तै अनिश्चित समय हुने राजनीतिक विश्लेषक तथा मानवअधिकार वकिल भवानी फोन्सेका बताउँछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजमो दाङले घरदैलो तथा सदस्यता अभियान चलाउने
राजमो दाङले घरदैलो तथा सदस्यता अभियान चलाउने
कहिले आउला चीनबाट रेल !
कहिले आउला चीनबाट रेल !
श्रीलङ्काका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध बम बिस्फोट, मृतकको संख्या १०० भन्दा बढि
श्रीलङ्काका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध बम बिस्फोट, मृतकको संख्या १०० भन्दा बढि
मौद्रिक नीति समीक्षा : बैंकदर एक प्रतिशत बिन्दुले घटाइयो
के राष्ट्रसंघले नेपालमा नसोधी जे पनि गर्न पाउँछ? अनुमति नलिइ राजनीतिक अनुगमन!
के राष्ट्रसंघले नेपालमा नसोधी जे पनि गर्न पाउँछ? अनुमति नलिइ राजनीतिक अनुगमन!
पाल्पामा अज्ञात रोगबाट चारजनाको मृत्यु
पाल्पामा अज्ञात रोगबाट चारजनाको मृत्यु
नेकपाले नेता अधिकारीको २३ गते श्रद्धाञ्जलीसभा, देशभरका पार्टी कार्यालयका झण्डा झुकाउने
नेकपाले नेता अधिकारीको २३ गते श्रद्धाञ्जलीसभा, देशभरका पार्टी कार्यालयका झण्डा झुकाउने
एमाले पार्टी मुख्यालय सर्ने
एमाले पार्टी मुख्यालय सर्ने
आज विश्वासको मत लिंदै ओली सरकार, दुईतिहाइ समर्थन-तीन स्वतन्त्र दलले पनि समर्थन गर्ने
आज विश्वासको मत लिंदै ओली सरकार, दुईतिहाइ समर्थन-तीन स्वतन्त्र दलले पनि समर्थन गर्ने
अधिकांश नियोगलाई एउटै बास्केटमा राखेर बजेट विनियोजन गरियो : महासेठ
अधिकांश नियोगलाई एउटै बास्केटमा राखेर बजेट विनियोजन गरियो : महासेठ