एमालेको अवरोधले नागरिकता विधेयक ल्याउन सकिएनः गृहमन्त्री खाँण

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २२, २०७८
|
|
१७ पटक हेरिएको
Shares
एमालेको अवरोधले नागरिकता विधेयक ल्याउन सकिएनः गृहमन्त्री खाँण

सारांश

  • गृहमन्त्री बालकृष्ण खाँणले एमालेले सदन अवरुद्ध गरेकाले नागरिकताजस्ता महत्वपूर्ण विधेयक ल्याउन नसकेको बताएका छन् ।
  •  सोमबार जनकपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खाँणले आफूहरु सरकारमा आइसकेपछि एमालेले सदन नै चल्न नदिएका कारण नै विधेयक ल्याउन नसकेको बताए ।
  • उनले सदन चल्न दिन एमालेसँग आग्रह पनि गरे ।

गृहमन्त्री बालकृष्ण खाँणले एमालेले सदन अवरुद्ध गरेकाले नागरिकताजस्ता महत्वपूर्ण विधेयक ल्याउन नसकेको बताएका छन् । सोमबार जनकपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खाँणले आफूहरु सरकारमा आइसकेपछि एमालेले सदन नै चल्न नदिएका कारण नै विधेयक ल्याउन नसकेको बताए ।

उनले सदन चल्न दिन एमालेसँग आग्रह पनि गरे । त्यस्तै उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका स्वतन्त्र ढंगले नै चल्नुपर्ने सबैको चाहना रहेको र अब न्यायपालिकाको विवाद छिटो अन्त्य गर्ने पहल भइरहेको बताए ।

मन्त्री खाणँले नागरिकको जीवन रक्षाका लागि सरकार गम्भीर रहेको भन्दैसरकारको पहिलो दायित्व नै नागरिकको सुरक्षा रहेको उल्लेख गरे ।

बिमानस्थलमा कांग्रेस नेताहरु रामकृष्ण यादव, मुक्ता कुमारी यादव, प्रदेश मन्त्रीद्वय रामसरोज यादव र विरेन्द्र सिंहलगायतले मन्त्री खाँणलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?