भोजपुर घटनाबारे बोले प्रहरी प्रमुख

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २५, २०७६
|
|
३४ पटक हेरिएको
Shares
भोजपुर घटनाबारे बोले प्रहरी प्रमुख

सारांश

  • प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा भएको गोलीकाण्डबारे प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जानकारी गराएका छन् ।
  • आज बिहान बसेको बैठकमा काङ्ग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू र डिला सङ्ग्रौलाले घटनाबारे जानकारी गराउन माग गरेपछि महानिरीक्षक खनालले सो घटनाबारे जानकारी गराएका हुन ।
  • उनका अनुसार भोजपुर नगरपालिका–७ स्थित हाटबजार लाग्ने स्थानमा सुरक्षाका लागि नेपाल प्रहरी खटिएको बेलामा अचानक विप्लव समूहले गोली प्रहार गरेपछि घटना भएको हो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा भएको गोलीकाण्डबारे प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जानकारी गराएका छन् । आज बिहान बसेको बैठकमा काङ्ग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू र डिला सङ्ग्रौलाले घटनाबारे जानकारी गराउन माग गरेपछि महानिरीक्षक खनालले सो घटनाबारे जानकारी गराएका हुन ।

उनका अनुसार भोजपुर नगरपालिका–७ स्थित हाटबजार लाग्ने स्थानमा सुरक्षाका लागि नेपाल प्रहरी खटिएको बेलामा अचानक विप्लव समूहले गोली प्रहार गरेपछि घटना भएको हो । “प्रहरी जवान सञ्जिव राईको छातीमा गोली लाग्यो र उनीहरुलाई नियन्त्रण गर्र्ने सन्दर्भमा प्रहरीबाट जवाफी फायर हुँदा विप्लव समूहका ओखलढुङ्गा इञ्चार्ज निरकुमार राईलाई पनि गोली लाग्न पुग्यो”, उनले भने । गोली लागेका दुवै जनाको उपचारका लागि अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेको थियो ।

उक्त घटनामा प्रहरी जवान थमनाथ भट्टराईको काँधमा गोली लागेको समेत खनालले जानकारी दिए । उनले सो क्रममा ठूलो चाइनिज पेस्तोल एक थान, त्यसको म्याग्जिन एक थान र उक्त पेस्तोलमा लाग्ने छ राउण्ड गोली बरामद भएको पनि समितिलाई जानकारी गराए ।

कारका शौखिन अभिताभ बच्चनसँग छन् यस्ता–यस्ता कार
भारतीय चलचित्रका सुपरस्टार अमिताभ बच्चन लक्जरी कारका शौखिन पनि हुन् । उनीसँग लगभग एक दर्जन लक्जरी कार छन् ।

यी सबै मध्ये उनीसँग भएको रोल्स रोयसलाई विशेष मानिन्छ, किनभने यसलाई निर्देशक विधुविनोद चोपडाले ‘एकलव्य’ चलचित्रमा प्रभावशाली अभिनय गरे वापत दिएका थिए ।

अझै महत्वपुर्ण पक्ष के छ भने उनीसँग सबै गरी ११ लक्जरी कार छन् । अमिताभको जन्म दिन पनि अक्टोवरको ११ तारिखमै हो ।

अमिताभ बच्चनसँग सानदार रोल्स रोयस फ्यान्टम कार छ । जेम्स बन्डले आफनो फिल्ममा पनि यही कार प्रयोग गर्थे । भारतीय बजारमा रोल्स रोयसको मूल्य साढे ३ करोड रुपैयाँ पर्छ । उनीसँग बेन्टलेको कार सिजिटी पनि छ । यसको मूल्य लगभग २ करोड रुपैयाँ पर्छ ।

अमिताभलाई सर्वा्धिक मन पर्ने कार आर आर वोग पनि उनीसँगै छ । यसको मूल्य १ करोड ५ लाख ११ हजार १४ रुपैया भएको बताइएको छ । मर्सि्डिज एस ६०० । यो सानदार कार उनले निकै शौखिन तरिकाले चलाउछन् । यसको मूल्य ६ करोड रुपैयाँ पर्छ ।

उनीसँग मर्सि्डिज एस ३५० पनि छ, जसको मूल्य लगभग ९० लाख रुपैयाँ पर्छ । उनीसँग पोर्से क्यामेन र बीएमडब्ल्युको ७६० एलआई पनि छ ।

शैक्षिक संस्थामा साग बेच्नेको पनि लगानी परेको छ भन्दै कड्किए प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिकसंस्थाहरुमा साग बेच्नेहरुको पनि पसिना परेकोले तोड्फोडको काम नगर्न आग्रह गरेका छन् । उनले शैक्षिक संस्थाहरुको स्थापना के चल्छ भनेर थापिने पसलजस्तो नभएको भन्दै देशलाई चाहिने दक्ष जनशक्ति निर्माण केन्द्रित हुनुपर्ने बताए ।

त्रिभुवन विश्वविद्यालयको ६० औँ वार्षिक दिवशको बैठकमा वोल्दै प्रधानमन्त्री ओलीले एउटै विषयको २० हजार विद्यार्थी वार्षिक रुपमा देशलाई आवश्यक नपर्ने र खपत गर्न समेत गर्न नसकिने हुँदा प्राविधिक विषय सँगै कृषि, वन, इन्जिनियरिङ् लगाएतका विषयका विज्ञहरुको भने खाँचो रहेको बताए ।

शैक्षिक संस्थाहरु कुनै पनि कुरामा मनपरेन भने तोड्फोड गर्ने प्रविधि बसेको भन्दै प्रधानमन्त्री ओलीले यस्तै शैक्षिकसंस्थामा अनिमियता र वेथिती गर्ने जोसुकै भए पनि त्यसको अनुसार हेरिदैन् भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?