सरोगेसीबाट आमाबुबा बनेका बलिवुडका सेलिब्रिटी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १३, २०७५
|
|
३५ पटक हेरिएको
Shares
सरोगेसीबाट आमाबुबा बनेका बलिवुडका सेलिब्रिटी

सारांश

  • बलिवुडकी अभिनेत्री लिजा रे दुई जुम्ल्याहा बच्चाकी आमा हुन् ।
  • उनले ४६ वर्षको उमेरमा आमा बन्ने सुख सरोगेसीको सहायताले प्राप्त गरिन् ।
  • आमा बनेको तीन महिनापछि उनले यो कुरा इन्ष्टाग्राममा शेयर गरेकी थिइन् ।

बलिवुडकी अभिनेत्री लिजा रे दुई जुम्ल्याहा बच्चाकी आमा हुन् । उनले ४६ वर्षको उमेरमा आमा बन्ने सुख सरोगेसीको सहायताले प्राप्त गरिन् । आमा बनेको तीन महिनापछि उनले यो कुरा इन्ष्टाग्राममा शेयर गरेकी थिइन् । जोन अब्राहमसँग वाटरमा अभिनय गरेकी लिजा रेलाई सन् २००९ मा ब्लड क्यान्सर भएको थियो ।

लिजाले सन् २०१० मा आफै क्यान्सर फ्री भएको घोषणा गरेकी थिइन् । तर, उनी पूर्णरूपले भने ठीक हुन सकिनन् ।

सन् २०१२ मा लिजाले बिजनेसम्यान ज्यासन देहनीसँग विवाह गरिन् र यही वर्ष उनी सरोगेसीको माध्यमले आमा बनिन् । सरोगेसी एक वैधानिक सम्झौता हो जसमा महिलाले अरुको सन्तानलाई आफ्नो पेटमा हुर्काएर जन्म दिने गर्छन् ।
सरोगेसीको माध्यमले मातापिता हुनुको सुख पाउने लिजा रे बलिवुडकी एकमात्र सेलिब्रिटी भने होइनन् । यो सूचीमा अन्य धेरै अभिनेताको नाम छ ।

१. शाहरुख खान 

बलिवुडमा सरोगेसीको सहायताले आमाबुबा बन्ने क्रम शाहरुख खान र गौरी शाहले सुरु गरेका थिए । गौरी खान र शाहरुख खानका तेस्रो सन्तानको जन्म सरोगेसीको माध्यमले भएको हो । शाहरुख र गौरीले यी बालकको नाम अबराम राखेका छन् ।

 

२. आमिर खान 
आमिर खानले आफ्नी दोस्री पत्नी किरण रावसँग मिलेर सरोगेसी सेलिब्रिटी एजेन्सीसँग सम्पर्क गरी सरोगेसीको माध्यमले एक सन्तानको सुख प्राप्त गरे ।

३. सोहेल खान 
सोहेल र सीमा खानले एक सन्तान भएको १० वर्षपछि खान दम्पतीले अर्को सन्तानको इच्छा राखे । उनीहरूले त्यसबेला सरोगेट आमाको सहारा लिए ।

४. तुषार कपुर 

बलिवुड अभिनेता तुषार कपुरले अहिलेसम्म विवाह नगरे पनि सरोगेसीको माध्यमले छोराको बुबा बने । उनले इन विट्रो फर्टिलाइजर (आईभीएफ) पद्धतिको प्रयोग गर्दै बुबा बनेका हुन् । बलिवुडका सबै सेलिब्रिटीले उनको यो निर्णयको प्रशंसा गरेका थिए ।

५. करण जौहर

करण जौहरले पनि सरोगेसीको सहायताले पिता हुनुको सुख प्राप्त गरे । अघिल्लो वर्ष मार्चमा ट्वीटरमा यो खबर सार्वजनिक गर्दै उनले उल्लेख गरे, ‘मेडिकल साइन्सको सहायताले मेरो मुटुका यी दुई टुक्रा संसारमा आए र पिता बन्न पाएकोमा म आफूलाई सौभाग्यशाली ठानिरहेको छु ।’

६. कृष्णा र कश्मीरा शाह 

हास्य कलाकार कृष्णा र कश्मीरा शाह ले पनि जुम्ल्याहा बच्चा सरोगेसीको सहायताले पाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नो अधिकार क्षेत्रमा पर्ने केही सडक एकतर्फी बनाउँदै कामपा
आफ्नो अधिकार क्षेत्रमा पर्ने केही सडक एकतर्फी बनाउँदै कामपा
रामचन्द्र पौडेललाई लक्षित गरी बम प्रहार
रामचन्द्र पौडेललाई लक्षित गरी बम प्रहार
संक्रमितको संख्या २८ लाख नाघ्यो, मृतकको संख्या २ लाख नजिक
संक्रमितको संख्या २८ लाख नाघ्यो, मृतकको संख्या २ लाख नजिक
गण्डक जलविद्युत् केन्द्रमा उत्पादन शुरु
गण्डक जलविद्युत् केन्द्रमा उत्पादन शुरु
वर्षा लागेसँगै दिनरात त्रासमा मध्यपुर र बालकोटका बासिन्दा
वर्षा लागेसँगै दिनरात त्रासमा मध्यपुर र बालकोटका बासिन्दा
बर्दिबासमा ६ वर्षिया बालिकाको बलात्कारपछि हत्या प्रकरण : शव सहमति बिनै पोष्टमार्टमका लागि जनकपुर लगियो
बर्दिबासमा ६ वर्षिया बालिकाको बलात्कारपछि हत्या प्रकरण : शव सहमति बिनै पोष्टमार्टमका लागि जनकपुर लगियो
मधेस केन्द्रित दल निर्वाचनमा आउँछन्: महत
मधेस केन्द्रित दल निर्वाचनमा आउँछन्: महत
नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस र ट्रक ठोक्किदा दुईजनाको मृत्यु, ३२ घाइते
नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस र ट्रक ठोक्किदा दुईजनाको मृत्यु, ३२ घाइते
बलिउडका चर्चित खलनायकको मृत्यु
बलिउडका चर्चित खलनायकको मृत्यु
खानेपानी पनि राजनीति, हापुरेमा नेकपाको प्यानलै विजयी
खानेपानी पनि राजनीति, हापुरेमा नेकपाको प्यानलै विजयी

तपाईंले छुटाउनुभयो कि?