शीर्ष तथा केन्द्रीय नेताः कसले कहाँबाट गरे मतदान ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २, २०७४
|
|
२१ पटक हेरिएको
Shares
शीर्ष तथा केन्द्रीय नेताः कसले कहाँबाट गरे मतदान ?

सारांश

  • वीरगञ्ज ।
  •  तेस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर दुई शान्तिपूर्ण तवरले मतदान भइरहेको छ ।
  • मतदाताहरु लामवद्ध भएर मतदान गर्न लाइनमा बसेका छन् कतिपयले आफ्नो मताधिकारको प्रयो गरिसकेका छन् ।

वीरगञ्ज । तेस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर दुई शान्तिपूर्ण तवरले मतदान भइरहेको छ । मतदाताहरु लामवद्ध भएर मतदान गर्न लाइनमा बसेका छन् कतिपयले आफ्नो मताधिकारको प्रयो गरिसकेका छन् ।

यसैक्रममा दुई नम्बर प्रदेशको मतदाताका रुपमा रहेका केन्द्रिय नेताहरुले पनि आफ्नो मताधिकारको प्रयोग गरेका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले रौतहटको गौर २ स्थित कन्या प्राथमिक बिद्यालयको मतदान केन्द्रबाट मत खसालेका छन् ।

यसैगरि नेपाली कांग्रेसकी कोषध्यक्ष सीतादेवी यादवले सिरहा नगारपालिका–१५ स्थित सुखसैना केन्द्रबाट मतदान गरेकी छिन् भने काग्रेस नेता विमलेन्द्र नीधिले धनुषाको नगराइन नगरपालिका–२ स्थित राजेश्वर उमावि केन्द्रबाट मतदान गरेका छन् ।

यस्तै, माओवादी केन्द्रका नेता तथा स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीडाँडा मतदान केन्द्रबाट मतदान गर्दै छन् भने माओवादी नेता मातृका यादवले धनुषाको सबैला नगरपालिका रामप्रसाद उमावि केन्द्रबाट मतदान गरेका छन् । माओवादी नेता प्रभु शाहले भने रौतहट मौलापुर नगरपालिका–५ मौलापुर केन्द्रबाट मतदान गर्दैछन् ।

राजपाका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले सर्लाहीको चन्द्रपुर नगरपालिका–२ जनता उमावि केन्द्रबाट मतदान गरेका छन् भने राजपाका अध्यक्ष मण्डलका अर्का नेता शरदसिंह भण्डारीले महोत्तरीको औरही नगरपालिकाे औरही मावि केन्द्रबाट मतदान गरेका छन् ।

तर, राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले पनि मतदान नगर्ने भएका छन् । विशेष कामले बाहिर भएकाले मतदान गर्न नपाउने उनले बताएका छन् । यसैगरि पूर्वराष्ट्रपति डा रामवरण यादवले मतदान नगर्ने भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?